दैलेख साँस्कृति महोत्सवको चौथो दिन दर्शकको घुँईचो (फोटो फिचर)
मातृभूमी संवाददाता । २ कार्तिक दैलेख
दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सव २०७६ को चौथो दिन शनिवार दर्शकको उल्लेख्य सहभागीता रहेको छ । गएको असोज २९ गतेदेखी सुरु भएको महोत्सवको चौथो दिन शनिवार दर्शकको उल्लेख्य सहभागीता रहेको हो । महोत्सवको चौथो दिन शनिवार नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, लोक तथा दोहोरी गाएक, मोडेल, रचनाकार, संगितकार लोकेन्द्र जि.सी. (कुमार) लगाएत राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याति प्राप्त कलाकारहरुको वेजोड प्रस्तुति रहेको थियो ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुले दैनिक जसो आफ्नो प्रस्तुती राखिरहेका छन् । आयोजकले महोत्सब स्थल काँडाचौरको सुरक्षाका लागि सि.सि. क्यामेरा जडान गरिएको छ । सि.सि. क्यामेराको मद्धतले महोत्सव अवधिभर हो हल्ला गर्ने र उश्रृंखल कार्य गर्नेहरुलाई तत्काल कारवाही गर्न सकिने व्यवस्था समेत आयोजकले मिलाएको छ । महोत्सबमा झण्डै १५० भन्दा बढी स्टल राखीएको छ । महोत्सवमा दैलेख जिल्लाका लघु घरेलु उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरु प्रदर्शनका लागी राखिएको छ भने दैलेखमा उत्पादित विभिन्न कृषि उपज बस्तुुहरुको पनि खरिद बिक्री समेत भैरहेको छ ।
यस्तै वालवालिकाहरुका लागी वाल उद्यानको पनि व्यवस्था गरिएको छ । दैलेख जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलको प्रचार–प्रसारका लागी आयोजना गरिएको महोत्सव कात्तिक ६ गते सम्म संचालन हुने छ । महोत्सवको पाँचौ दिन आईतवार राष्ट्रिय कलाकार लोक तथा दोहोरी गाएक पशुपति शर्मा लगाएत राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
हेर्नुहोस् तस्वीर सहित . . .