समचार प्रति गाउँपालिकाकाे ध्यानाकर्षण

मातृभूमी संवाददाता । ८ कार्तिक दैलेख
अनलाईन तथा संचार माध्यमहरुमा प्रकाशित समाचार प्रति नौमूले गाउँपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । कात्तिक ६ गते वुधवारका दिन विभिन्न अनलाईन तथा संचार माध्यममा प्रकाशित नौमूले गाउँपालिकाकै अध्यक्षको घरमा गाउँपालिकाको कार्यालय भन्ने समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाईएको छ ।
गाउँपालिकाले घर भाडाका लागि सूचनाको आह्वान गरेको र सूचना आह्वान गरीसकेपछि स्थानीय आठजनाले घर भाडाको आशयपत्र पनि बुझाएको हुँदा आशयपत्र अनुसार गाउँपालिकाले मासिक प्रतिकोठा २५ सय रुपैयाँमा (८ ओटा कोठा) घरवहालमा लिने साथै १३ प्रतिशत घरवहाल कर कटाएर घरवहाल रकम गाउँपालिकाका अध्यक्ष एवं घरधनी भदे वुढामगरले वुझ्ने गरी गाउँपालिकाका अध्यक्षको घर सस्तो रेटमा पाईएको हुँदा गाउँपालिकाले उक्त भवन प्रयोग गरिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नौमूले गाउँपालिकाका प्रवक्ता गगन वहादुर रोकामगरद्धारा जारी विज्ञप्तीमा उक्त समाचार प्रति भ्रमित नहुन सम्पुर्ण सरोकारवाला महानुभावहरुलाई अनुरोध समेत गरिएको छ । गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले आफुसँग समाचार लेख्ने पत्रकारले कुनै सम्पर्क नगरेको साथै गाउँपालिकामा आधिकारीक रुपमा सूचना माग नभएको भन्दै समाचार प्रति नै आपत्ति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *