नेकपा दैलेखमा समानान्तर कमिटी गठन (के भन्छन् नेताहरु अडियो सहित)

मातृभूमी संवाददाता । ९ कार्तिक दैलेख
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखमा भाँडभैलाे सुरु भएको छ । पूर्वएमाले र पूर्वमाओवादीका केही असन्तुष्ट नेताले समानान्तर कमिटी घोषणा गरेसँगै भाँडभैलाे सुरू भएकाे हाे । शनिबार समानान्तर कमिटि गठनकाे घाेषणाा कार्यक्रममा वाेल्दै ‘हामीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी तथा ११ वटै स्थानीय तहका कमिटी घोषणा गरेका छौँ,’ नेकपा कर्णाली प्रदेश कमिटी सदस्य अम्मरबहादुर थापाले भने, ‘जिल्ला अध्यक्ष र सचिवबाट पार्टी केन्द्रीय कमिटीको निर्देशन विपरित काम भयो, पुराना नेताको योगदान र संघर्षको कुनै कदर भएन् ।’ तीनै तहका कमिटी गठनको क्रममा केही नेताले व्यक्तिगत रुपमा मनोमानी गरेको उनको आरोप छ ।
गत मंगलबार जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा, सचिव प्रेमबहादुर कटुवाल र केही प्रदेश र जिल्ला कमिटी सदस्यको उपस्थितीमा दुई प्रतिनिधिसभा, चार प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, ११ स्थानीय तह तथा ९० वडा कमिटी घोषणा भएको थियो । केही नेताले व्यक्तिगत स्वार्थमा कमिटी गठन गरेको भन्दै असन्तुष्ट पक्ष विरोधमा उत्रिएको हो ।
पार्टी केन्द्रको नीति र निर्देशन विपरीत जिल्ला अध्यक्ष र सचिवले एकता प्रक्रिया एकलौटी गरेको प्रदेश कमिटी सदस्य पार्वतीकुमारी विशुन्केको आरोप छ । ‘पार्टीका जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, सह–इन्चार्ज राजबहादुर बुढा, प्रदेश कमिटी सदस्यहरुसँग कुनै पनि छलफल नगरी घोेषणा गरिएको कमिटी मान्य हुँदैन्,’ उनले भनिन् ।

यस्तै असन्तृष्ट समूहको नेतृत्व नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य अम्मरबहादुर थापाले गरेका छन् । पूर्वएमालेका थापालगायत असन्तुष्ट पक्ष पार्टी अध्यक्षले मनोमानी ढंगबाट संगठन विस्तार गर्न खोजेको भन्दै आक्रोशित छन् ।
इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, सह–इन्चार्ज राजबहादुर बुढा, प्रदेश कमिटी सदस्य पार्वती कुमारी विशुन्के, टेकबहादुर खाण, सावित्री मल्ल, गोपाल नेपाली, मायाराम अधिकारी लगाएत असन्तुष्ट समुहका हुन् । असन्तुष्ट पक्षले कात्तिक १५ गतेसम्मको अल्टिमेटम दिएको छ । पार्टी नेतृत्व नसच्चिए पुनः भेला गरि जिल्लाका सबै कमिटी गठन गर्ने असन्तुष्ट पक्षले जनाएको छ ।

कार्यकर्ता अलमलमा

नेकपा दैलेखमा समानान्तर कमिटि गठन भए सँगै कार्यकर्ता अलमलमा परेका छन् । अध्यक्ष र सचिव सहितको उपस्थितिमा मंगलवार एउटा कमिटि सपथ ग्रहण गरेको छ । सँगै शनिवार एक अर्काे समुहले विभिन्न गाउँ तथा नगर र प्रदेश तथा निर्वाचन क्षेत्र स्तरीय कमिटि गठन गरेपछि कार्यकर्ता अलमलमा परेका हुन् । दुवै कमिटिले आफुलाई वैधानीक कमिटि दावी गरीरहँदा कार्यकर्ता कसलाई आधिकारीक मान्ने भन्दै अलमलमा परेको एक कार्यकर्ताले वताए ।

अडियाे सुन्न यहाँ क्लिक गर्नुहाेस् . . .

हामीले नेकपाका केन्द्रिय सदस्य एंव नेकपा दैलेखका सहइन्चार्ज राजवहादुर वुढा र नेकपा दैलेखका नेता सुर्यवहादुर शाहीकाे विचार समेट्ने काेशिस गरेका छाैँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *