मोटरसाईकल दुर्घटनामा एक घाईते

मातृभूमी संवाददाता । ९ कार्तिक दैलेख
दैलेखको नारायण नगरपालिकामा मोटरसाईकलको ठक्करवाट एक जना घाईते भएका छन् । घाईते हुनेमा दुल्लु नगरपालिका ३ का १७ वर्षिया दिपेन्द्र कार्कि रहेका छन् । आज दिउँसो करिव साँढे १ वजे तिर अनटेस्ट मोटरसाईकलले नारायण नगरपालिकाको पुरानो वजार स्थीत ध्रुवतारा एफ.एम. अगाडी मोटरसाईकलले ठक्कर दिएको थियो । मोटरसाईकलले ठक्कर दिई घाईते भएका कार्किको जिल्ला अस्पताल दैलेखमा उपचार सम्भव नभएपछि नेपालगन्ज पठाईएको छ । ठक्करवाट कार्किको दायाँ खुट्टा भाँचिएको छ । कार्कि रेडियो ध्रुवतारा एफ.एम.ले आयोजना गरेको दैलेख आईडल सिजन २ को दोस्रो चरणको अडिसन दिएर निस्किने क्रममा मोटरसाईकलले ठक्कर दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!