नारायण नगरपालिकाको हाता भित्र स्वास्थ्य सहायता कक्षको स्थापना

मातृभूमी संवाददाता । ५ मंसिर दैलेख
नारायण नगरपालिका दैलेखको स्वास्थ्य शाखाले नगरपालिकामा स्वास्थ्य सहायता कक्षको स्थापना गरेको छ । आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सहायता कक्षको स्थापना गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा उपसंयोजक लालवहादुर खड्काले वताए ।
यस अघि नै स्तनपान कक्ष र पोषण कर्नरको स्थापना गरेको नगरपालिकाले विहिवार एक कार्यक्रमका विच स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । स्वस्थ जीवन जिउन पाउनु हरेक नागरिकको नैर्सगिक अधिकार भएको भन्दै आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको स्वास्थ्य शाखा संयोजक नगेन्द्र हमाले वताए । उनका अनुसार स्वास्थ्य सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको हो ।
स्वास्थ्य सहायता कक्षको उद्घाटन गर्दै नारायण नगरपालिका दैलेखका मेयर रत्नवहादुर खड्काले यस्ताखाले कार्यक्रमले आम नागरिकको जनचेतनामा वृद्धि गर्नुका साथै स्वास्थ्यप्रति नागरिकको विश्वास वढ्दै जाने वताए । मेयर खड्काले हामीसँग कुरा गर्दै भने ‘नगरपालिकाले नागरिकमैत्री विभिन्न कार्यक्रम गरिरहेको वताउँदै भने यस अघि नै नगरपालिकामा स्तनपान कक्ष र पोषण कर्नरको स्थापना गरिसकिएको छ ।’
सहयाता कक्षमा ५/७ प्रकारको औषधी पाउनुका साथै मानिसको तौल नाप्ने मेसीन र उच्च रक्तचाप जाँच गर्ने मेसिन पनि राखिएको छ ।
विहिवार नै उद्घाटन कार्यक्रममा सहभागी केहिले उच्च रक्तचाप जाँच गर्नुका साथै सामान्यखाले औषधी पनि प्रयोगका लागी लिएका थिए । उक्त सहायता कक्ष नारायण नगरपालिकाको हाताभित्रै नियमित रहने स्वास्थ्य उपसंयोजक खड्काले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *