काम गर्दैनन् सि.सि.टि.भि. क्यामेरा, वल्दैनन् साैर्य वति

मातृभूमी संवाददाता । १० मंसिर दैलेख
घटना १ : केहि समय अघि दैलेखको देवकोटा चोकवाट भे. २ प ६८२८ नम्वरको १५० सि.सि.को रातो पल्सर मोटरसाईकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि सि.सि. क्यमेरामा कतै कैद भएको छ की भनेर जिल्ला प्रहरी कार्यालयमा हेर्न गईयो तर त्याहाँ त्यस्तो केहि कैद भएको थिएन । मोटरसाइकल चोर पत्ता नलागेपछि त्यसको दुई तिन महिना पछि नयाँ मोटरसाइकल किन्न जाँदा सुर्खेत सोरुम नजिकै मोटरसाइकल फेला प¥यो ।
यस्तै गएको असारको अन्तिम साता दैलेखमा डि.आई.जी.को नै सवारी भएको वेला फेरी अर्काे मोटरसाईकल चोरी भयो । मोटरसाईकल चोरीपछि मोटरसाईकल मालिक जिप्रका दैलेखको कन्ट्रोल रुपमा सि.सि. क्यामेराको मद्दत लिन पुगे तर त्यतिवेला पनि केहि हुन सकेन पछि सुर्खेत ट्राफिकले सुर्खेतको छेडामा मोटरसाई छोप्यो र सवारी धनिलाई वुझायो ।
घटना २ : दैलेख सदरमुकाममा नारायण नगरपालिकाले जडान गरेका सौर्यवत्तिले काम नगर्दा सामाजिक संजालमा निकै आलोचना हुने गरेको छ । केहि समय अगाडी सामाजिक संजालमा दैलेखको नारायण नगरपालिका वडा नं. ६ को कांडाचौर छेउमा द्धन्दका समयमा राज्य तथा विद्रोहि पक्षवाट हत्या तथा वेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा निर्माण गरिएको चोक नजिक राखिएको सौर्यवत्तिको पाता नै वेपत्ता भएपछि सामाजिक संजालमा चोक पनि वेपत्ता र सौर्यवत्ति पनि वेपत्ता भन्दै व्यांग्य प्रहसन भयो ।
माथि उल्लेखित दुई वटा घटना प्रतिनीधिमुलक घटना मात्र हुन् । केहि वर्ष अघि दैलेख उद्योग वाणिज्य संघको अगुवाई र विभिन्न संघ संस्था तथा व्यापारीहरुको सहयोगमा दैलेख वजार लगाएतका व्यापारिक केन्द्रमा अपराधिक गतिविधि रोक्न भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखको निगरानीमा रहने गरी निकै तामझामका साथ सि.सि. क्यामेरा जडा गरी उद्घाटन गरिएको थियो । दैलेख सदरमुकामका देवकोटा चोक, लोकतान्त्रिक चोक, डेकेन्द्र चोक, गणेश चोक, जनता निमावि नजिक दैलेख सुर्खेत सिमा नजिक रहेको रानिमत्ता प्रहरी चौकी नजिक सि.सि. क्यामेरा जडान गरिएको थियो । तर अहिले कुनै पनि सि.सि. क्यामेराले काम गर्दैनन् । केहि दिन अघि वसेको जिल्ला प्रहरी कार्यालय दैलेख, नारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगाएत सरोकारवाला निकायका प्रतिनिधी सम्मिलित वैठकले विग्रियका सि.सि. क्यामेरा मर्मत गर्ने र केहि थप्ने योजना वनाएको छ ।
हाल दैलेख सदरमुकाममा जडित र विग्रिएका क्यामेरा मर्मत सुधारका लागी सम्वन्धित पक्षले ध्यान नदिएको स्थानीयको गुनासो छ । तिनको मर्मत समेत गर्नमा कसैले चासो दिएका छैनन् । क्यामेरा जडानले सदरमुकाममा व्यवसायिक सुरक्षा तथा अपराधिक गतिविधि रोक्न प्रहरीलाई सहयोग पुगेको थियो । सदरमुकाममा अपराधिक गतविधिमा संलग्न भएर भागेर जाने मुख्यद्वार पुग्दासम्म प्रहरीले पक्राउ गर्नमा सहजता होस् भनेर सि.सि. क्यामेरा जडान गरिएको थियो । सदरमुकामको बजार क्षेत्र र मुख्य चोकका क्यामेराहरुको निगरानी प्रहरीले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट गर्ने गरेको थियो । तर नगरमा जडित सि.सि. क्यामेरा विग्रिदा र मर्मतमा कसैले ध्यान नदिदा शान्ति सुरक्षामा चुनौती थपिएको वुद्धिजिवीको भनाइ छ ।
यस्तै नारायण नगरपालिका दैलेखले केहि समय अगाडी करोडौँ रकम खर्चेर नगरपालिका भित्र जडान गरेका सौर्यवत्ति अहिले केहि विग्रिएका छन् । ५ वर्ष ग्यारेन्टी भएको व्याटिू र २५ वर्ष ग्यारेन्टि भएको सौर्यपाता भएको स्वचालित (अटोमेटिक) सौर्यवत्ति जडान गरिएको भएपनि छोटो समयमै केहिले काम गर्न छोडेको स्थानीयको भनाई छ । कुनै ठाउँको सौर्यवत्ति विग्रिय त्यसलाई मर्मत सुधार गर्नुको साटो एक ठाउँको सौर्यवत्ति लिएर अर्काे ठाउँमा जडान गर्ने कार्य हुने गरेको एक कार्यक्रममा स्थानीय विशाल सदासंकरले वताए ।
सार्वजनिक स्थलमा कम
दैलेख जिल्लामा सार्वजनिक स्थलभन्दा विभिन्न संघ संस्था, कार्यालय र व्यापारिहरुले बढी सीसीटिभी क्यामेरा जडान गरेका छन् । दैलेख जिल्लामा १८ भन्दा वढि संघसंस्था, कार्यालय तथा व्यापारीहरुले सीसी क्यामेरा जडान गरिएका छन् । यहाँ सि.सि. क्यामेरा जडान गरेकाहरु मध्ये धेरैले जिल्ला प्रशासन कार्यालयवाट अनुमति लिनु पर्ने भएपनि नलिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *