दैलेखमा हाईस दुर्घटना ३ को मृत्यु ७ घाईते

Photo : Google

मातृभूमी संवाददाता । १३ मंसिर दैलेख
दैलेखमा हाईस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुर्खेत देखी दैलेख आउँदै गरेको भे १ ज १०२९ नं. को हाईस आज (शुक्रवार) विहान करिव ११ वजेर ४५ मिनेट जाँदा दुर्घटनामा परेको हो । दुर्घटनामा परि घटना स्थलमै ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिवहादुर वलीले जानकारी दिए ।
दैलेख सुर्खेत सडक खण्ड अन्र्तगत गुराँस गाउँपालिका वडा नं. ४ को मुङ्रा भन्ने स्थानमा हाईस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाईतेहरुको उद्धारका लागी रानिमत्ता प्रहरी चौकीको टोलि खटिएको छ भने जिल्ला प्रहरी कार्यालयको टोलि घटना स्थलतर्फ जाँदै गरेको दैलेखका प्रहरी प्रमुख वलीले वताए ।
गाडी सडकवाट झण्डै पाँच सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन भने थप विवरण आउन वाँकी रहेको प्रहरीले वताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *