अपडेड : दैलेखमा हाईस दुर्घटना ३ को मृत्यु १५ घाईते
मातृभूमी संवाददाता । १३ मंसिर दैलेख
दैलेखमा हाईस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुर्खेत देखी दैलेख आउँदै गरेको भे १ ज १०२९ नं. को हाईस आज (शुक्रवार) विहान करिव ११ वजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परि घटना स्थलमै ३ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिवहादुर वलीले जानकारी दिए ।
दैलेख सुर्खेत सडक खण्ड अन्तरगत गत गुराँस गाउँपालिका वडा नं. ४ को मुङ्रा भन्ने स्थानमा हाईस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाईतेहरुको रानिमत्ता प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलिले उद्धारा गरेको दैलेखका प्रहरी प्रमुख वलीले वताए ।
मृत्यु हुनेमा वर्दिया सानोश्री ८ ताराताल वस्ने २९ वर्षिया नामवहादुर वडुवाल, उनकी पत्नि २७ वर्षिया कमला वडुवाल र सुर्खेतको विरेन्द्रनगर नगरपालिका ३ तातापानी वस्ने ५७ वर्षिया थिरे सुनार रहेका छन् ।
यस्तै घाईते हुनेमा सुर्खेत खजुराका मंगल गुरुङ, सोहि ठाउँ वस्ने मुकेश गुरुङ, तातापानीका मोहन परियार, सोहि ठाउँ वस्ने झुमा परियार, चन्द्रा परियार, भिमा परियार, सुव्वाकुनाका देवीप्रसाद सुवेदी, धुलियाविटका चन्द्रकली सिगौडी, दुल्लु नगरपालिका १० का लक्ष्मी योगी, सोहि ठाउँ वस्ने अभिषेक योगी, भगवतिमाई गाउँपालिका ३ का लक्ष्मी उपाध्याय, चामुण्डा विन्द्रासैनी नगरपालिका ४ का लक्ष्मी रावत, वाँके नौवस्ताका कर्ण वोगटी सोहि ठाउँ वस्ने लक्ष्मी वोगटी र नारायण नगरपालिका ४ सोतका दिलवहादुर कटुवाल रहेका छन् ।
घाईतेहरुको सुर्खेत स्थीत कालागाउँमा उपचार भैरहेको छ । गाडी सडकवाट झण्डै २ सय ५० मिटर तल खसेको छ । गाडी चालकका अनुसार स्टेरीङ फेल भएर दुर्घटना भएको हो । दुर्घटनाको कारणवारे प्रहरी अनुसन्धान गरिरहेको दैलेख प्रहरी प्रमुख वलीले जानकारी दिए ।
पछिल्लाे अपडेट : ४ः३८