नगरक्षेत्रमा राखिएका युराेगार्ड सहितका पिउने पानीकाे उपयाेगिता कम
मातृभूमी संवाददाता । १४ मंसिर दैलेख
घटना १ : कुरो २०७६ साल असोज तिन गते शुक्रवार विहान १० वजेर ३९ मिनेट जाँदाको हो । त्यतिवेला दैलेख निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्य रविन्द्रराज शर्माले युरोगार्ड सहितको शुद्ध पिउने पानी धाराको उद्घाटन गरे । निकै तामझामका साथ संविधान दिवसको अवसर पारेर दैलेखको देवकोटा चोकमा नारायण नगरपालिका वडा नं. १ ले राखेको युरोगार्ड सहितको शुद्ध पिउने पानी धाराको प्रतिनिधीसभा सदस्य शर्माले उद्घाटन गरेका थिए ।
साउन महिनाको दोस्रो साता नै निर्माण भएको उक्त युरोगार्ड सहितको शुद्ध पिउने पानी धाराको उद्घाटन झण्डै दुई महिना पछि भयो । त्यतिवेला गर्मीको सिजन भएकाले आम नागरिकले शुद्ध पानी नपिएका भने होईनन् । तर पछिल्लो समय उक्त युरोगार्ड सहितको शुद्ध पिउने पानी धारो प्रयोग विहिन जस्तै भएको छ । कारण जथाभावि मालवाहक यातायातका साधन, मोटरसाईकल, अटोरिक्सा, जिपकार लगाएतका साधनले छेक्न थालेपछि युरोगार्ड सहितको शुद्ध पिउने पानी धारो धेरैको नजरमा पर्न छाडेको छ ।
आफुले शुरु–शुरुमा प्रचारका लागी घरमै फिल्टर भएपनि त्यहि धारोमा गएर पानी पिउने गर्थे एक स्थानीले भने, ‘अहिले जथाभावि मालवाहक यातायातका साधन, मोटरसाईकल, अटोरिक्सा, जिपकार लगाएतका साधनले छेक्न थालेपछि त्यहाँ पानी पिउन जाने गरेको छैन ।’ ‘जुन तामझामका साथ युरोगार्ड सहितको शुद्ध पिउने पानीको उद्घाटन गरिएको थियो त्यो पुरा हुन सकेन’ उनले भने । सम्वन्धित निकायले यस विषयमा खासै चासो र चिन्ता व्यक्त नगरेको हो की भन्ने लागेको स्थानीय वताउँछन् ।
घटना २ : गएको असोज २९ गते देखी कात्तिक ६ गते सम्म दैलेख सांस्कृति घरेलु तथा व्यापार महोत्सव संचालन भयो । उक्त महोत्सव संचालक तथा व्यवस्थापन समितिले नारायाण नगरपालिका वडा नं. १ को हाईस्कुल अगाडी युरोगार्ड सहितको शुद्ध पिउने पानी राख्ने प्रस्ताव गरेपछि नारायण नगरपालिकाले महोत्सव संचालनका लागी सहमति जनायो । स्थानीय सरकारले महोत्सव संचालनका लागी अनुमति दिएपछि दैलेख उद्योग वाणिज्य संघले विरोध जनायो । विरोध जनाउँदा जनाउँदै नारायण नगरपालिका दैलेखका मेयर रत्नवहादुर खड्काले नगरवासी र आम सर्वसाधारण जनताले युरोगार्ड सहितको शुद्ध पानी पिउन पाउँछन् भन्दै महोत्सव संचालनका लागी मरिमेटी लागे ।
नयाँवजार स्थीत हाईस्कुलको चौतारो नजिक राख्ने भनिएको युरोगार्ड सहितको शुद्ध पिउने पानीको धारा अन्ततः स्कुलको हाता भित्र राखियो । जसका कारण आम सर्वसाधारण तथा नगरवासी उक्त शुद्ध पानी पिउनवाट वन्चित छन् । कारण विद्यालयको हाता भित्र रहेको पानी पिउन हत्तपत्त कोहि जाँदैनन् । एक स्थानीयले भने, ‘महोत्सवका वेला आम सर्वसाधारण र नगरवासीका लागी युरोगार्ड सहितको शुद्ध पिउने पानी राख्ने भनिएको थियो तर अहिले विद्यालयको हाता भित्र छ, त्यो शुद्ध पिउने पानी विद्यार्थीका लागी हो की आम सर्वसाधारणका लागी हो वुझ्न सकिएन ।’
उनले भने, ‘यदि विद्यार्थीका लागी हो भने विद्यालय आफैले आफ्ना विद्यार्थीका लागी शुद्ध पिउने पानीको व्यवस्था गर्नु पथ्र्याे र गर्नु पर्छ । यदि होईन आम सर्वसाधारण र नगरवासीका लागी हो भने विद्यालयको हाता भन्दा वाहिर ल्याउनु पर्छ ।’ विद्यालय वन्द भएको समयमा गेट पनि वन्द हुने भएकाले आम सर्वसाधारणले उक्त पानी प्रयोग गर्न नपाएको दैलेख वजारमा भेटिएका नौमूलेका स्थानीय वासिन्दा वलवहादुर रामजालीले वताए ।
झण्डै १ लाख वढि लागतमा निर्माण गरिएका दुवै स्थानका युरोगार्ड सहितको शुद्ध पिउने पानी धाराहरु प्रयोग विहिन जस्तै वनेका हुन् । यि दुवै धाराको मर्मत संभार र हेरचाह नहुँदा प्रयोग विहिन जस्तै भएको धेरैको वुझाई छ । सस्तो लोकप्रियताको लागी युरोगार्ड सहितको शुद्ध पिउने पानी धाराको निर्माण गरीएको स्थानीयले आरोप लगाएका छन् । आगामी दिनमा यि धाराहरुको आयु कति हुन्छ ? प्रयोग कति हुन्छ ? मर्मत संभार कसले गर्छ ? त्यो भने हेर्न वाँकी छ ।