सडक पेटिमा व्यापार, सम्वन्धित निकाय मौन

मातृभूमी संवाददाता । १४ मंसिर दैलेख
दैलेख सदरमुकामको बजार क्षेत्रभित्र ठेला, डोको र पेटिमा सामान राखेर व्यापार गर्नेहरु वढ्दै गएका छन् । केहि समय अघि नारायण नगरपालिका वडा नं. १ ले वजार क्षेत्र कुरुप वन्दै गएको भन्दै ठेला, डोको र पेटिमा सामान राख्ने व्यापारीहरुको सामान हटाएको थियो भने घर अगाडी वनाईएका टहरा तथा चुलो र निर्माणका लागी जथाभावी राखिएका ढुङ्गा, गिट्टि, वालुवा, ईट्टा र छड पनि हटाएको थियो ।
तर यसरी पसल आगाडीको सडक छेउ, जथाभावी राखिएका निर्माण सामाग्री र सडक पेटिमा सामान राखेको खण्डमा के–कस्तो सजाय गर्ने र जरिवाना गर्ने भन्ने विषयमा नगरपालिकाले स्पष्ट खाका तयार पार्न नसक्नु अथवा निति नियम वनाउन नसक्दा पुरानै रोग फेरी वल्झिन थालेको छ ।
हिजो आज गाउँघरवाट डोकोमा आउने सुन्तला र फाट्टफुट्ट रुपमा सडक पेटिमा राखेर गरिने फेन्सी पसलले वजार कुरुप वन्दै गएको छ । सुन्तला छोडाएर वोक्रा जहाँपायो त्यहिँ फाल्नाले वजार फोहोर हुने गरेको छ । यस्तै फुटपाथमा गरिने फेन्सि व्यापारले स्थानीय व्यपारी मारमा परेका छन् । चिसो सिजन लागेसँगै सदरमुकाम जिल्ला अदालत अगाडीको पेटिमा तातो कपडा वेच्नका लागी राखिएको छ ।
जिल्ला अदालत अगाडी, देवकोटा चोक, हाईस्कुल अगाडी सुन्तला वेच्नका लागी डोकोमा राखिएको हुन्छ । त्यतिमात्र हैन, सदरमुकामको वजार क्षेत्रका व्यापारीले पसल अगाडी सडकमा तरकारी वेच्नका लागी क्यारेट राख्ने, ग्याँसका सिलिन्डर राख्ने, सडक नजिकै ग्यारेज भएका कारण मोटर साईकल मर्मतका लागी सडकमै राख्ने र स–साना पोका पुन्तरा राख्नाले वजारको शोभा नै विग्रियको नारायण नगरपालिकाका स्थानीय ललित रोकाय वताउँछन् ।
उनले भने, ‘केहि समय अगाडी नारायण नगरपालिकाले यसरी राखिएका सामाग्री हटाउने कार्यको थालनी गर्दा निकै खुसी लागेको थियो । विचमै त्यो कार्य तुहियो निकै दुःख लागेको छ । यस्ता कार्यले निरन्तरता पाउनु पर्छ ।’
सदरमुकामका व्यापारीले यसरी सडक क्षेउमा वेच्नलाई राखिएको सामाग्री देखाउँदै नारायण नगरपालिकाले लगाएको हाट वजार भन्दै व्याङ्ग्य समेत गर्न थालेका छन् । यता सम्वन्धित निकाय नारायण नगरपालिका, स्थानीय व्यापारीहरुको साझा संगठन दैलेख उद्योग वाणिज्य संघ प्रति नै प्रश्न चिन्ह खडा भएको स्थानीय व्यापारी सपना प्रधानले वताईन् ।
उनले भनिन्, ‘वजार क्षेत्रका व्यापारीहरुले वकाईदा कर तिरेका छन् । प्यान (PAN) मा दर्ता भएका छन् । उद्योग वाणिज्य संघ दैलेखको सदस्यता लिएका छन् । यि र यस्ता करको दायरामा नआएका व्यापारीहरुका कारण स्थानीय व्यापारीहरुलाई मर्का परेको छ ।’
यता दैलेख उद्योग वाणिज्य संघ दैलेखका महासचिव राजेश कुमार हमालले खुल्ला अर्थतन्त्रमा व्यापार व्यवसाय गर्न पाउने सवैको अधिकार भएको र आफुहरुले कसैलाई पनि जर्वजस्ती तपाँईले व्यापार गर्न पाउनुहुन्न नगर्नुहोस् भनेर लखेट्न नसक्ने वताए । उनले भने, ‘सवै निति नियममा रहनु पर्छ । सवैले राज्यलाई कर तिर्नु पर्छ । सवै करको दायरामा आउनु पर्छ । हामी व्यापारीहरुको हकहितका लागी कटिवद्ध छौँ ।’ यस विषयमा स्थानीय सरकारले पनि निति नियम वनाई कार्यान्वयन गर्नुपर्ने महासचिव हमालले वताए ।
यस्तै नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्रि मल्लले अहिले सम्म त्यस्तो निति नियम नवनेको वताउँदै आगामी दिनमा निति नियम वनाएर कार्यान्वयन गर्ने वताईन् । नारायण नगरपालिकाको राजश्व परामर्श समितिको संयोजक समेत रहेकी उपप्रमुख मल्लले कवाडीहरुका लागी राजश्व तोकि सकिएको वताउँदै छिट्टै राजश्व परामर्श समितिको वैठक वसेर यि र यस्ता विषयमा छलफल गरिने वताईन् ।
उपप्रमुख मल्लले भनिन्, ‘फुटपाथमा व्यापार गरिरहेका व्यापारीहरु करमा दर्ता छन्छै/नन् अनुगमन गरी दर्ता भएको भए राजश्व कसरी लिने यदि दर्ता नभएको भए राजश्व कसरी लिने भन्ने विषयमा छलफल गरी छिट्टै टुङ्गो लगाईने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *