कास्कीमा विद्याको अग्रता कायमै

मातृभूमी संवाददाता । १५ मंसिर पोखरा
कास्की २ को मतगणना जारी छ । प्रारम्भिक गणनामा अग्रता लिएकी विद्या भट्टराईले अग्रता बढाउँदै लगेकी छन् । १ हजार १ सयले सुरुमा लिड गरेकी उनले यसलाई बढाएर ४ हजार ५ सय ८३ पुर्‍याएकी छन् ।
पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिँदा भट्टराईले ८२६५ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेकी हुन् । प्राप्त परिणाम अनुसार विद्याले ८२६५ मत हासिल गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३६८२ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन् । राप्रपा (गाई)ले १८६ र समाजवादीले १७२ मत प्राप्त गरेको छन् ।
कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो । पोखरा महानगरको ११ वटा वडा यो क्षेत्रमा पर्छ । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए । यहाँ ११ वटा दलीय र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *