भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी

मातृभूमी संवाददाता । १५ मंसिर भक्तपुर
भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् । भक्तपुर क्षेत्र नम्बर १ (क) मा भँडेल निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *