पादुका मन्दिरका बहुमुल्य मुर्ति र घण्ट चोरी

मातृभूमी संवाददाता । १५ मंसिर दैलेख
दैलेखको पंचकोशी क्षेत्र अन्र्तगत पर्ने पादुका मन्दिरवाट वहुमुल्य मुर्ति र घण्ट चोरी भएको छन् । शनिवार रात्ति दुल्लु नगरपालिका वडा नं. ९ रहेको पादुका मन्दिरका वहुमुल्य मुर्ति र घण्ट चोरी भएका हुन् । चोरी भएको मुर्तिहरुमा ८ केजीको गणेशको मुर्ति, ४ केजीको घण्ट, २ केजीको गणेशको मुर्ति तथा अन्दाजी ८ केजीको बाँघको मूर्ति चोरी भएको पादुका मन्दिरका पुजारी देवीनाथ योगीले प्रहरीलाई जानकारी दिएका थिए ।
नियमित नित्यकर्म गर्ने क्रममा आईतवार बिहान खाली देखेपछि मुर्ति चोरी भएको भन्दै पुजारी योगीले प्रहरीलाई खवर गरेका थिए । खवर पाए लगत्तै ईलाका प्रहरी चौकी दुल्लुबाट प्रहरी निरिक्षक हिक्मत बहादुर बोहोराको टोली मन्दिर क्षेत्र पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
यस अघि सोही मन्दीर क्षेत्रबाट संकटकालको समयमा पंचधातुवाट निर्मित भगवान ईन्द्रको मुर्ति चोरि भएको थियो । जिल्लाबाट बाहिरिने तथा भित्रिने सवै नाकाहरुमा कडाईका साथ छानविन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी हरिवहादुर वलीले जानकारी दिए ।
सत्ययुगमा देवादिदेव महादेवले देवी सतिको मृत शरिरलाई काँधमा बोकेर त्रिलोक वैराग्य यात्रामा हिडेको बेला देवी सतिको अंग पतन भएको ५२ वटा शक्ति पिठ मध्ये ५ वटा शक्ति पिठ दैलेखमा पर्दछन् ।
जसलाई पुराणहरुमा पञ्चकोशी तिर्थ स्थलको नामले चिनिन्छ । सतिदेवीको शरिरको महत्वपूर्ण अंग शिर, पाउ, कोठार, नावी तथा अस्तु खसेको स्थानमा अझै पनि अग्नी ज्वाला सदियौ देखि वल्दै आएको छ । जसलाई ज्वालादेवीको रुपमा हजारौ बर्षदेखि पुज्दै आईएको छ । बैष्णवपुराण, ज्वालापूराण, स्वस्थानि वर्तकथा, गरुणपुराणमा यस क्षेत्रको धार्मीक महिमालाई उल्लेख गरिएको छ ।
यसै क्षेत्रलाई पर्यटकिय गन्तव्यको सुचिमा सुचिकृत गरिएको छ । सवै अग्नी ज्वाला बल्ने क्षेत्रमा हाल चिन सरकार र नेपाल सरकारले पेट्रोलियम सम्भाव्यता अध्यनको लागि चिनको जिओलोजिकल सर्वेको टोलीले पेट्रोलिएम पदार्थ अन्वेषणको कामको थालनि गरेको छ । चाईनिज प्राबिधिक टोलि र नेपाली भूगर्भ बिद् तथा सयौँ कामदारहरुको चहलपहल बढेसँगै यस क्षेत्रमा रहेका धार्मीक, साँस्कृतिक सम्पदाहरु जोखिममा परेका छन् ।
यस क्षेत्रमा हजारौ बर्ष देखिका सम्पदाहरु यत्र तत्र भेट्न सकिन्छ । प्राचिन सम्पदाहरुको क्षेत्र भएकाले पनि यस क्षेत्रका हरेक बस्तुको आजको बजारमा अमुल्य महत्वको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!