नारायण नगरपालिकामा कर्मचारीको चरम लापरवाही

मातृभूमी संवाददाता । २२ मंसिर दैलेख
नारायण नगरपालिकाले पटके व्यापारीलाई पटके सवारी कर लगाउँदा आलोचना खेप्नु परेको छ । नारायण नगरपालिका क्षेत्र भित्रका पटके व्यापारीहरुलाई लगाउनु पर्ने पटके व्यापार करलाई पटके सवारी कर भनेर करको दायरामा ल्याउँदा नगरपालिकाले आलोचना खेप्नु परेको हो ।
नारायण नगरपालिका वडा नं. १ को जिल्ला अदालत अगाडी केहि समय देखी फेन्सि कपडाको व्यापार गर्दै आईरहेका नारायण नगरपालिका वडा नं. ६ का निरक गिरीले तिरेको पटके करको रसिदको विवरणमा उल्लेख गर्ने ठाउँमा पटके सवारी कर उल्लेख गरिएको छ ।
तर रसिदको अन्तिममा नोट लेखिएको छ, जसमा ‘फेन्सि कपडा आधा वोरा एक महिनाको लागी पटके वजारमा घुमाएर लाग्ने दस्तुर’ उल्लेख गरिएको छ । लेखिएको वुझ्न नसकेको भन्दै स्थानीय व्यापारीले वजारमा घुमाएवापत कर तिर्नु परेको हो की वा वजारमा घुमाउँदै वेच्ने अनुमति दिनका लागी कर लगिएको हो ।
यस्तै दैलेख उद्योग वाणिज्य संघ दैलेखका महासचिव राजेश कुमार हमालले पटके व्यपार कर हुनुपर्नेमा पटके सवारी कर भनेर कर लिनु गलत भएको वताएका छन् । महासचिव हमालले भने, ‘पटके व्यपार कर उल्लेख हुनुपर्नेमा पटके सवारी कर भनेर राजश्व तिरेको रसिदमा उल्लेख गरिनुले नारायण नगरपालिकाका कर्मचारीहरुको चरम लापरवाहीको ज्वलन्त उदाहरण हो ।’
यता नारायण नगरपालिका दैलेखका नगर उपप्रमुख सावित्रि मल्लले यस विषयमा विस्तृतरुपमा वुझेर जानकारी गराउने वताईन् । नारायण नगरपालिका दैलेखको राजश्व परामर्श समितिको संयोजक समेत रहेकी मल्लले हाम्रो तेस्रोआँखा राष्ट्रिय दैनिकसँग कुरा गर्र्दै भनिन्, ‘त्यो रसिद काट्ने कर्मचारी को हो उसैलाई सोध्नुस्, रसिदमा नाम होला, हस्ताक्षर होला ।’
उनले आफुहरुले त निर्णय मात्र गर्ने र कार्यान्वयनका लागी लाग्ने भएकाले कर्मचारीसँग वुझ्न भन्दै आफुले विस्तृत वुझेर भोलि (सोमवार) वताउने वताईन् । तर रसिदमा हस्ताक्षर मात्र रहेको र हस्ताक्षर गर्ने व्यक्तिको नाम भने उल्लेख गरिएको छैन । जे होस् कर्मचारीको चरम लापरवाही भने प्रष्ट देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *