चितुवाको छाला र हड्डि सहित एक जना पक्राउ

मातृभूमी संवाददाता । २६ मंसिर दैलेख
दैलेखमा चितुवाको छाला र हड्डि सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका ४ तिलुखानाबाट एकजनालाई चितुवाको छाला र हड्डि सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरीवहादुर वलीले जानकारी दिनुभयो । उनका अनुसार दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका ४ तिलुखानाका ६८ वर्षिया शिववहादुर शाहीलाई चितुवाको छाला र हड्डि सहित पक्राउ गरिएको हो ।
बाघको छाला र हड्डि घरमा लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र प्रदेश प्रहरी कार्यालयवाट खटिएको संयुक्त टोलिले वुधवार शाहीको घरमा खानतलासी गरी चितुवाको छाला र हड्डि वरामद गरेको हो ।
झण्डै ७ फिट ८ ईन्च लम्वाई र २ फिट २ ईन्च चौडाई रहेको चितुवाको छाला र २ किलो ३० ग्राम चितुवाको हड्डि सहित शाहीलाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख वलीले वताउनुभयो । पक्राउ परेका शाहीलाई विहिवार सार्वजनिक गरिएको हो । उनलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दैलेखमा विहिवार नै वुझाईएको दैलेख प्रहरी प्रमुख वलीले जानकारी दिनभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!