करेन्ट लागेर दैलेखमा बालकको मृत्यु

मातृभूमी संवाददाता । २९ मंसिर दैलेख
दैलेखमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका ४ सोतका ११ वर्षीया बालक गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालाय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले वताउनुभयो । जंगलमा घाँस काट्न गएका उनलाई करेन्ट लागेको थियो । प्रहरीका अनुसार सालको रूखमा घास काटन गएको बेला बिजुलीको तार छोएपछि करेन्ट लागेको हो । बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *