दैलेखका अटेरी चालक

मातृभूमी संवाददाता । २९ मंसिर दैलेख
दैलेख सदरमुकाममा दैनिक सयौँ यातायातका साधनहरु गुड्ने गर्दछन् । तिनै यातायातका साधनका चालकको अटेरीका कारण हजारौँ पैदल यात्रीले सास्ती खेप्नु परेको छ । सदरमुकामको देवकोटा चोक देखी त्रिभुवन माध्यामिक विद्यालयको गेट सम्म चालकको अटेरीका कारण हजारौँ पैदल यात्रीले सास्ती खेप्नु परेको हो । सदरमुकामका सडकमा गुड्ने साना तथा ठुला यातायातका साधन चालकको अटेरीले जहाँपायो त्यहि साधन पार्किङ गरि राख्नाले पैदल यात्रीले सास्ती खेप्नु परेको पैदल यात्रीको गुनासो छ ।
त्यति मात्र हैन आईतवार देखी शुक्रवार सम्म यहाँको देवकोटा चोक र डेकेन्द्र चोकमा जाम पर्नु नियमित जस्तै भैसकेको छ । आईतवार देखी शुक्रवार सम्म विहान ९–१० वजे सम्म र साँझ ३–४ वजे सम्म दैनिक यहाँ यि दुई मुख्य चोकमा जाम पर्ने गरेको छ । यो समयमा स्कुल वस सँगै साना तथा ठुला यातायातका साधन दोहोरो संचालन हुने हुँदा जाम पर्ने गरेको छ ।
विगतको समयमा जिल्ला प्रशासन कार्यालय दैलेखमा भएका विभिन्न छलफलका क्रममा एकोहोरो सवारी सधान संचालन गर्ने, ठुला मालवाहक गाडीहरु सदरमुकामको सडकमा विहान ९ वजे अघि र साँझ ५ वजे पछि प्रवेश गर्ने, पार्किङ जहाँपायो त्यहि गर्न नदिने लगाएतका निर्णयहरु गर्दा पनि सम्वन्धित निकायको मौनताका कारण जाम पर्नुका साथै पैदल यात्रीले सास्ती खेप्नु परेको हो ।
आईतवार दिउँसो दैलेखको देवकोटा चोक, डेकेन्द्र चोक लगाएतका चोकमा यहाँ संचालन भैरहेका अटोरिक्सा, मोटर साईकल, पिकअप भ्यान सडकमै पार्किङ गरी राखिएका थिए । यसरी सडकमै यातायातका साधन पार्किङ गरी राख्नाले पैदल यात्री मात्र नभई साना सवारी साधनलाई पनि सडकमा गुडाउन निकै अप्ठेरो हुने गरेको नारायण नगरपालिका वडा नं. २ का टोपेन्द्र थापाले वताए । उनले, ‘एक त सदरमुकाम क्षेत्रको वाटो साँघुरो छ । त्यसैमाथी जहाँपायो त्यहि यातायातका साधन पार्किङ गरी राखिन्छ । चालकको अटेरीका कारण पैदल यात्री र सवारी चालकलाई नै समस्या हुने गरेको छ ।’
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरीवहादुर वलीले विगतका दिनमा जिल्ला प्रशासन कार्यालयमा सम्पुर्ण सरोकारवालाहरुको सहभागीतामा भएको निर्णय कार्यान्वयन गर्ने वताएका छन् । प्रहरी प्रमुख वलीले भने, ‘अहिले सदरमुकामका विभिन्न ठाउँमा नो पार्किङ लेखिएका वोर्डहरु राखिएका छन् । अहिले ट्राफिक व्यवस्थापन कडाई रुपमा भैरहेको छ । ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्यायर जरिवाना गरिन्छ ।’ प्रहरी प्रमुख वलीले एकतर्फि वाटोको कार्यान्वयनका लागी नारायण नगरपालिकासँग सहकार्य गरेर अगाडी वढिने वताए ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी ईन्द्रवहादुर क्षेत्रीले यो विषयमा विस्तृत रुपमा वुझेर कार्यान्वयन गर्नतर्फ लाग्ने वताए । सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले अहिले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल काम विशेषले जिल्ला वाहिर रहेको र प्रमुख जिल्ला अधिकारी दैलेख आएपछि यस विषयमा सरोकारवाला निकायसँग परामर्श गरेर अघि वढ्ने वताए । सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने, ‘जिल्ला प्रहरी कार्यालयसँग तत्कालै यस विषयमा सरसल्लाह गरी के–कसो गर्न सकिन्छ भन्ने टुङ्गोमा पुगिने छ ।’ जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय पनि कार्यान्वयन भएन भन्ने प्रश्नमा तेस्रोआँखासँग भने, ‘यो निर्णय हामी आउनु भन्दा पहिला भएको होला । किन कार्यान्वयन भएन कार्यान्वयन नहुनुका समस्या, चुनौति, अप्ठ्याराहरुको विषयमा सिडियो साप ४÷५ गते आउनुहुन्छ अनि तपाँई हामी सवै वसेर छलफल गरौँला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *