तिन जना भेडा गोठाला र ५०० भेडा वेपत्ता

मातृभूमी संवाददाता । ३० मंसिर दैलेख
दैलेख र कालिकोटको सिमानामा पर्ने महावु क्षेत्रमा भेडा गोठाला गएका ३ जना सम्पर्क विहिन भएका छन् । शुक्रवार राति भएको हिमपातका कारण कालिकोटको महावै गाउँपालिका र दैलेखको नौमूले गाउँपालिका वालुवाटारका गरी ५०० भेडा र ३ जना भेडा गोठाला सम्पर्क विहिन भएका हुन् ।
अहिले उनीहरुको खोजि कार्य जारी रहेको नौमूले गाउँपालिका दैलेखका अध्यक्ष भदे वुढामगरले जानकारी दिएका छन् । कालिकोटको महावै गाउँपालिकासँग समन्वय गरेर खोजि कार्य अगाडी वढाएको अध्यक्ष वुढाले वताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिवहादुर वलीले कालिकोट प्रहरीसँग समन्वय गरेर खोजि कार्य तत्काल गरिने जानकारी दिएका छन् । वलीका अनुसार अहिले सम्म विस्तृत जानकारी नभएको र ईलाका प्रहरी चौकी नौमूले र कालिकोट प्रहरीसँग समन्वय भैरहेको छ ।
नौमूले गाउँपालिका वडा नं. २ का ईन्द्रवहादुर पुरी लगाएत स्थानीय कृषकका झण्डै १०० भन्दा वढि भेडा हराईरहेका छन् । भेडा र भेडा गोठालाको खोजि कार्य भैरहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *