खानेपानी समस्या समाधान गर्न कोषाध्यक्ष थापाको टोली लेकमा

मातृभूमी संवाददाता । २ पौष दैलेख
दैलेख सदरमुकामको खानेपानी अवरुद्ध भएको छ । गएको शुक्रवार परेको हिमपातका कारण खानेपानी अबरुद्ध भएको हो । हिमपातका कारण नारायण नगर खानेपानीको मुख्य पाईपलाइनमा रुख ढलेर क्षतिग्रस्त भएपछि खानेपानी अबरुद्ध भएको हो । नारायण नगरपालिका वडा १० मा पर्ने पिथिगौडी भन्ने स्थानमा ट्रान्समिशन पाइपलाईनमा क्षति भएपछि पानी अबरुद्ध भएको नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष भरत थापाले जानकारी दिए ।
हिमपातका कारण पाइपलाईनमा समस्या भएपछि बजारमा खानेपानी अवरुद्ध भएको हो । खानेपानीको पाईपलाइन मर्मतका लागी कोषाध्यक्ष थापा सहितको टोलिले मर्मत कार्य जारी राखेको जनाईएको छ । खानेपानीको पाइपलाईन मर्मत गर्न अझै केही समय लाग्ने कोषाध्यक्ष थापाले बताए । बजारमा खानेपानीको अबरुद्ध हुँदा सदरमुकामवासीलाई समस्या भएको छ ।
खानेपानी अबरुद्ध भएपछि त्यसको असर नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्य कार्यलय, होटेल व्यवसायीलाई बढि समस्या हुने गरेको छ । सदरमुकाम नजिकका धारा, कुवामा स्थानीयको वाक्लो भिडभाड हुने गरेको छ । नारायण नगर खानेपानी योजनाबाट १७ सय ५ घरधुरी बाट १० हजार पाँच सय जनसख्या लाभाम्बित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *