दैलेखका इन्सपेक्टर क्षेत्रीको विदाई

मातृभूमी संवाददाता । ३ पौष दैलेख
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक प्रेमवहादुर क्षेत्रीलाई विदाई तथा सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा विगत लामो समयदेखी कार्यरत प्रहरी निरिक्षक क्षेत्रीलाई विहिवार एक कार्यक्रममा विच विदाई तथा सम्मान गरिएको हो ।
हाम्रो तेस्रोआँखा राष्ट्रिय दैनिकको कार्यालयमा भएको विदाई तथा सम्मान कार्यक्रममा दैनिकका प्रकाशक मनोज थापा, प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र शाही, कार्यकारी सम्पाद भिम सिजापति लगायत अन्य शुभेच्छुक, शुभचिन्तकको सहभागिता रहेको थियो ।
नेपालको गौरवमय ईतिहास वोकेको संगठन नेपाल प्रहरीमा कार्यरत क्षेत्रीले सेवा अवधिभर ईमान्दार, कर्तव्यनिष्ठ र जिल्लामा रहँदा जिल्लाको शान्ति सुरक्षामा योगदा गरे वापत सम्मान तथा विदाई गरिएको प्रकाशक थापाले वताए । थापाले विदाई तथा सम्मान कार्यक्रममा दैलेख जिल्लावाटै सेवा निवृत हुनु भएकोमा आगामी भविष्य उज्वल होस् भन्ने कामना गरेका थिए ।
क्षेत्रीलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *