ए डिभिजन लिग : ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी तथा संकटा र जावलाखेल खेल्दै

मातृभूमी संवाददाता । १० पौष काठमाण्डौ
शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तत बिहीबार दुई वटा खेल हुुँदैछ । बुधबारदेखि तेस्रो चरणको खेल सुरु भएको थियो । बिहीबार हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज (बीबीसी) र मनाङ मर्स्याङ्दी फुटबल क्लब (एमएमसी) खेल्दैछन् ।
पहिलो खेल सातदोबाटोको एन्फा कम्प्लेक्समा मध्याह्न १२ बजे सुरु हुने छ । मनाङ क्लब कमल श्रेष्ठको कप्तानीमा खेल्दा ब्रिगेडको कप्तानी अनिल गुरुङले गर्नेछन् । लामो समय मनाङमा आबद्ध अनिल ए डिभिजन लिगमा ब्रिगेडबाटै डेब्यू गरेका खेलाडी हुन् । अनिलले ब्रिगेडको अग्रपंक्ति सम्हाल्ने छन् । बिग्रेडमा अधिकांश यू–१९ राष्ट्रिय टिमका खेलाडीहरु रहेका छन् ।
बिग्रेड पहिलो खेलमा मच्छिन्द्र क्लबसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा फ्रेण्डसमाथि २–० को जित दर्ता गर्दै तीन अंक जोडेको थियो । यस्तै गएको सिजनको लिग च्याम्पियन मनाङ अपराजित रहँदै शीर्ष स्थानमा उक्लने प्रयासमा हुने छ ।
मनाङले पहिलो खेलमा विभागीय क्लब पुलिसलाई २–० ले पराजित गरेको थियो । दोस्रो खेलमा पनि मनाङले अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई १–० ले स्तब्ध बनाएको थियो ।
गएको सिजनमा लिग च्याम्पियन बन्दा महत्वपूर्ण भूमिका खेलेका अधिकांश खेलाडीहरुले मनाङ छाडेकाले यस सिजनमा कमजोर मानिएको थियो तर पछिल्ला दुई खेलमा प्रभावशाली जित दर्ता गरेकाले बिहीबार पनि त्यही प्रयासमा हुने छ ।
त्यस्तै दोस्रो खेलमा संकटा क्लब ९एससी० र जावलाखेल युथ क्लब (जेवाईसी) खेल्दैछन् । यो खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुने छ । पहिलो खेलमा च्यासलसँग २–० ले पराजित भएको संकटा दोस्रो खेलमा एनआरटीमाथि १–० को जित दर्ता गरेको थियो । बिहीबारको खेलमा संकटा जावलाखेलमाथि जित दर्ता गर्दै स्पष्ट तीन अंकको खोजिमा हुने छ ।
उता जावलाखेलले पहिलो खेलमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा सरस्वती युवा क्लबमाथि १–० को जीत दर्ता गर्दै तीन अंक हात पारेको थियो । बिहीबारको खेलमा दुवै टिम स्पष्ट तीन अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *