स्टार अस्पतालमा ३५ घातक रोगको उपचार समेटिएको स्वास्थ्य बिमा कार्यक्रम सुरु

मातृभूमी संवाददाता । ११ पाैष ललितपुर

सानेपास्थित स्टार अस्पतालले स्टार अस्योरेन्स प्याकेज सुरुवात गरेको छ। यो प्याकेजमा स्वास्थ्य बिमा, जीवन बिमा र कल्याण स्वास्थ्य योजना समावेश छन्।

अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीका अनुसार शिखर बिमा कम्पनी र नागरिक जीवन बिमा कम्पनीको सहकार्यमा बिमा कार्यक्रम सञ्चालन गरिएको हो। शनिबार आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो।

डा रुपाखेतीका अनुसार स्वास्थ्य बिमा अन्तर्गत ३५ वटा घातक रोगको उपचार तथा १ सय ५० भन्दा बढी स–सना रोगको उपचार हुने छ। जसमा रोगअनुसार व्यक्तिगत रुपमा ५० हजारदेखि १० लाखसम्म र परिवारको लागि ५० हजारदेखि २० लाखसम्मको उपचारको सेवा– सुविधा रहेको छ।

बिमा कार्यक्रममा अस्पताल कार्डको व्यवस्था गर्ने र कार्ड मार्फत अस्पतालबाट तोकिए बमोजिमको सेवा सुविधा प्राप्त हुने अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *