राष्ट्रिय योजना आयोगवाट विषेश अनुदान अन्र्तगत दैलेखमा ८ करोड ९५ लाख विनियोजन

मातृभूमी संवाददाता । १२ पौष दैलेख
राष्ट्रिय योजना आयोगवाट विशेष अनुदान अन्र्तगत दैलेख जिल्लामा ८ करोड ९५ लाख रकम छुट्याईएको छ । दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं. १ र २ मा गरी ८ करोड ९५ लाख रकम छुट्याईएको हो । निर्वाचन क्षेत्र नं. १ का लागी ६ करोड १५ लाख र क्षेत्र नं. २ का लागी २ करोड ८० लाख रकम छुट्याईएको छ ।
जस अन्र्तगत दैलेखको निर्वाचन क्षेत्र नं. १ को नारायण नगरपालिकामा मुण्डा तथा खरको छाना मुक्त कार्यक्रमका लागी १ करोड र नारायण नगर खानेपानी आयोजनाका लागी ७० लाख गरी १ करोड ७० लाख रकम छुट्याईएको छ । यस्तै महावु गाउँपालिकामा भगवती माध्यामिक विद्यालय कासिकाँधको भवन निर्माणका लागी १ करोड २५ लाख रकम विनियोजन गरिएको छ ।
यहाँको भगवतिमाई गाउँपालिकामा वेस्तडा वृहत खानेपानी आयोजना निर्माणका लागी ७० लाख, भक्केमुला–राउचौर–वयरपाटा खानेपानी आयोजना निर्माणका लागी ५० लाख, थुवा–वडालेख–चोरेवारी खानेपानी आयोजना निर्माणका लागी ५० लाख र वडाभैरव स्वास्थ्य चौकी भवन निर्माणका लागी १ करोड गरी २ करोड ७० लाख रकम भगवतिमाई गाउँपालिकामा विनियोजन गरिएको छ ।
निर्वाचन क्षेत्र नं. १ को डुङ्गेश्वर गाउँपालिकाका सवै वडामा खानेपानी आपुर्ति कार्यक्रमका लागी ५० लाख रकम विनियोजन गरिएको राष्ट्रिय योजना आयोगको वेवसाईटमा उल्लेख गरिएको छ । यहाँका नौमूले र गुराँस गाउँपालिकामा कुनै पनि रकम विनियोजन गरिएको छैन ।
उता निर्वाचन क्षेत्र नं. २ को दुल्लु नगरपालिकामा पंचकोशी पर्यटन पुर्वाधार कार्यक्रमका लागी १ करोड रकम विनियोजन गरिएको छ । त्यसैगरी भैरवी गाउँपालिकामा रहेको रत्न आधारभुत विद्यालय वगौराको भवन निर्माणका लागी ३० लाख रकम विनियोजन गरिएको आयोगको वेवसाईटमा उल्लेख छ ।
यस्तै आयोगले ठाँटिकाँध गाउँपालिकाका २, ४ र ५ नं. वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न प्रत्येक वडामा ५० लाख गरी १ करोड ५० लाख रकम विनियोजन गरिएको छ । यहाँका चामुण्डाविन्द्रासैनी र आठविस नगरपालिकामा कुनै पनि योजना तथा कार्यक्रम संचालनका लागी रकम विनियोजन गरिएको छैन ।
नारायण नगरपालिकामा मुण्डा तथा खरको छाना मुक्त कार्यक्रम, दुल्लु नगरपालिकामा पंचकोशी पर्यटन पुर्वाधार कार्यक्रम र भैरवी गाउँपालिकाको रत्न आधारभुत विद्यालय वगौराको भवन निर्माण योजनाको ३ वर्ष उल्लेख गरिएको छ ।
यस्तै भगवतिमाई गाउँपालिकामा वेस्तडा वृहत खानेपानी आयोजना र वडाभैरव स्वास्थ्य चौकी भवन निर्माण महावु गाउँपालिकाको भगवती माध्यामिक विद्यालय कासिकाँधको भवन निर्माण र ठाँटिकाँध गाउँपालिकाका तिन वटै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण योजनाको अवधी २ वर्ष उल्लेख गरिएको छ भने वाँकी सवै योजनाको अवधी १ वर्ष तोकिएको आयोगले आ.व. २०७६÷०७७ मा विषेश अनुदान मार्फत स्थानीय तहवाट कार्यान्वयन गर्न छानिएका कार्यक्रम÷आयोजनाहरुको विवरण पुस्तिकामा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *