लगातारको झरी पछिकाे दैलेख (फाेटाे फिचर)

मातृभूमी संवाददाता । १९ पौष दैलेख
विहिवार साँझदेखी परेको पानी सँगै दैलेखका डाँडाकाँडामा हिउँले छपक्क ढाकेको छ । विहिवार देखी लगातार परेको पानीका कारण जनजीवन प्रभावित भएको थियो । शुक्रवार दिनभर जसो पानी परेपनि साँझपख भने आकाश केहि खुलेको थियो । तर दिनभर झरी परिरह्यो । शुक्रवार साँझपख आकाश केहि खुलेपनि शनिवार आकाश डम्म भैरहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आईतवार देखी मात्रै मौसम सफा हुँदै जानेछ । आज पनि देशका पश्चिमी पहाडी तथा उच्चपहाडी क्षेत्रमा हल्का देखी मध्यम वर्षा हुने र केहि स्थानमा हल्का हिमपातको संभावना रहेको छ । शनिवार विहान ११ वजेतिर केहि आकाश खुलेपछि देखिएको दैलेख सदरमुकाम ।
तस्वीर सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *