वेथिति श्रृखला १५ : प्रमुख प्रशासकीय अधिकृतको लापरवाहिले, जनप्रतिनिधी असन्तुष्ट

मातृभूमी संवाददाता । १९ पौष दैलेख
प्रमुख प्रशासकीय अधिकृतले असहयोग गरेको भन्दै जनप्रतिनिधीले असन्तुष्टि व्यक्त गरेका छन् । यहाँको नौमूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कोईरालाले असयोग गरेको भन्दै अध्यक्ष भदे वुढा मगरले असन्तुष्टि व्यक्त गरेका हुन् । अध्यक्ष वुढाले भने, ‘हाकिम सावको असहयोगका कारण विभिन्न योजनाको सम्झौताका काम रोकिएको छ । गाउँपालिकाको नियमित कार्य समेत ठप्प छ ।’

भदे वुढामगर : अध्यक्ष नाैमूले गाउँपालिका दैलेख

नौमूले गाउँ कार्यपालिकाले गरेका निर्णयहरु कार्यान्वयनका लागी प्रमुख प्रशासकीय अधिकृत कोईरालाले कार्यान्वयन गर्न तर्फ ध्यान नदिएको अध्यक्ष वुढाको भनाई छ । फोन सम्पर्क गर्दा फोन पनि नलाग्ने, फोन लागिहाले पनि नउठाउने, सम्पर्कमा नआउने आफु मातहतका कर्मचारीहरुलाई काममा लगाउन नसक्ने गरेको पाईएको छ ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सरकारी फोन नम्वर पनि भाँचेर फालेको गाउँपालिकाका अध्यक्ष वुढाले वताए । जो प्रमुख प्रशासकीय अधिकृत आएपनि प्रयोग गर्नका लागी मन्त्रालय लगाएतका सरोकारवाला निकायले दिएको निर्देशन तथा काम कारवाहीहरुको वारेमा जानकारी गराउनका लागी प्रयोग गर्ने एनसेलको नं. ९८०२५४५८७० नम्वर दुरुपयोग गरेको अध्यक्ष वुढाले आरोप लगाएका छन् ।
हामीले प्रमुख प्रशासकीय अधिकृत गणेश कोईरालालाई सम्पर्क गर्दा फोन नउठाएको र सरकारी नम्वरमा फोन गर्दा सम्पर्क हुन सकेन भन्ने पाईएको छ । प्रमुख प्रशासकीय अधिकृतको लापरवाहीका कारण गाउँपालिकाका नियमित कामकाज नहुँदा सेवाग्राही मर्कामा परेको नौमूले गाउँपालिका वडा नं. ३ का अध्यक्ष गगन रोकाले जानकारी दिए ।

गणेश काेइराला : प्रमुख प्रशासकीय अधिकृत नाैमूले गाउँपालिका दैलेख

विगतमा पनि सोहि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोईरालाले सेवाग्राहीको कामकाजमा हेलचक्र्याइ गरेको समचार मातृभूमी संचार केन्द्र नेपालद्धारा संचालित मातृभूमी अनलाईनमा वेथिति श्रृंखला ३ : मा नौमूले हाकिमको चरम लापरवाही, विकासे काममा अन्यौलता https://mccnepal.com.np/2019/03/24/952/ शिर्षकमा समाचार प्रकाशन भएको थियो ।

1 thought on “वेथिति श्रृखला १५ : प्रमुख प्रशासकीय अधिकृतको लापरवाहिले, जनप्रतिनिधी असन्तुष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *