‘रचनात्मक सहयोग प्रभाकारी हुन्छ’

मातृभूमी संवाददाता । २० पौष दैलेख
नारायण नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष पूर्णबहादुर मल्लले विद्यार्थीको शैक्षिक प्रगति अभिभावक र शिक्षकहरुको लगनशीलता र रचनात्मक सहयोगले मात्र प्रभाकारी हुन सक्ने बताएका छन् । इन्सेकको इएलपी कार्यक्रमले आज बसन्त मावि किमुगाउँमा आयोजना गरेको शिक्षक, विद्यार्थी र अभिभावक अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राख्नु भएको हो । उनले विद्यार्थीको शैक्षिक उपलब्ध राम्रो गराउन बालमैत्री वातावरण आवश्यकता औल्याए ।
यस्तै नारायण नगरपालिका शिक्षा समितिका सदस्य हर्कबहादुर नेपालीले बसन्त मावि किमुगाउँको शैक्षिक प्रगति राम्रो भएकै कारण नगरपालिका र अरु निकायबाट पनि राम्रो सहयोग पाइरहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरत रावत र विद्यालयका निमित्त प्रधानाध्यापक तर्कबहादुर शाहीले विद्यार्थीहरुबाट उठाइएका सवाल विषयमा जवाफ दिएका थिए । विद्यार्थीहरुले विद्यालयमा कम्प्यूटरको अभावमा प्रोजेक्टर प्रयोग बिहीन भएको, प्रयाप्त पुस्तकहरुको अभाव रहेको वताएका थिए ।
इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, बसन्त मावि किमुगाउँको बाल अधिकार चेतना समूहका अध्यक्ष निशा रावतले पनि मानव अधिकारका विभिन्न आयाम, शिक्षा अधिकार र शैक्षिक गुणस्तर विकासमा सरोकारवाला निकायको भूमिका विषयमा आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *