अपरकर्णाली आयोजना स्थल नजिक बम विस्फोट

मातृभूमी संवाददाता । २६ पौष दैलेख
माथिल्लो कर्णाली जलविद्युत आयोजना स्थलमा गए राति वम विष्फोट भएको छ । जिएमआरको कार्यालय रहेको स्थल कर्णाली नदी पारी अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका –३ को खैरीटाकुरीमा गए राती सवा १० बजेतिर बम विष्फोटन भएको हो । नेपाल सरकारद्धारा प्रतिबन्धित पार्टी विप्लव समुहले बम विष्फोटको जिम्मा लिएको छ ।
बम विष्फोट पछि जिएमआर अपरकर्णाली छोड, राष्ट्रघाती सम्झौता खारेज गर भन्ने नाराजुलुस लगाएको स्थानीयबासी जनकबहादुर शाहीले बताए । बम विष्फोटको जिम्मा विप्लवले लिए पनि आधिकारिक धारणा प्रेस विज्ञप्ती मार्फत जानकारी दिइने विप्लव समुहका अछाम जिल्लाका जिल्ला सेक्रेटरी भरत सावदले जानकारी दिए ।
सावदले भने, ‘दलाल र भ्रष्टाचारी राष्ट्रघाती सरकारले राष्ट्रघाती सम्झौता गरेर देशलाई परनिर्भर बनाउन खोज्यो । हाम्रो प्राकृति स्रोत साधनमा विदेशीको हालीमुहाली हुन नदिन कुनै पनि हालतकम माथिल्लो कर्णाली आयोजना सञ्चालन हुन नदिईने वताए । हामीले देशलाई परनिर्भर हुन बचाउन लागेका छौं सावदले भने, विद्युतको नाममा भारतले पानी माथि गिद्धे नजर लगाएको छ ।
बम विष्फोटपछि जिएमआर कार्यालयमा रहेको सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । आयोजनाको प्रभावित क्षेत्र गस्ति थालिएको पाल्तडा स्थित प्रहरी चौकीले जनाएको छ । गएराती आयोजना स्थल नजिकै बम विस्फोट भएपछि दैलेख सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सहित जनपथ र शसस्त्र डिएसपी सहितको टोली घटना स्थल तर्फ प्रस्थान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *