राष्ट्रिय भूकम्प सुरक्षा दिवस सम्पन्न
मातृभूमी संवाददाता । २ माघ दैलेख
दैलेखमा २२ औँ भूकम्प सुरक्षा दिवस मनाईएको छ । वि.सं. ११९० साल माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको सम्झनामा प्रत्येक वर्ष भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । वि.सं. २०९० सालको भूकम्प जाँदा नेपालमा भूकम्प करिब आठ हजार मानिसको ज्यान गएको थियो । ज्यान जानेमध्ये झन्डै चार हजार मानिसको काठमाडौंँमा मृत्यु भएको थियो ।
यसैगरी वि.सं. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक क्षेत्रलाई केन्द्र बनाएर ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । त्यसपछि नेपालमा ५० हजारभन्दा बढी परकम्प गएका थिए । ०७२ को भूकम्पबाट करिब नौ हजार मानिसको मृत्यु र २२ हजार भन्दा धेरै घाइते भएका थिए भने झन्डै आठ लाख घर क्षति पुगेको थियो । यसैगरी करिब सात खर्ब रुपियाँको भौतिक क्षति पुगेको थियो ।
भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २२ वर्ष अघिदेखि माघ २ गतेलाई ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाउन थालिएको हो । यस वर्षको भूकम्प सुरक्षा दिवको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार ः दिगो सुख र समृद्धिको आधार’ तय गरिएको थियो ।
गएको पुष २५ गतेदेखि थालिएको साताव्यापी कार्यक्रम बिहिवार समाापन गरिएको हो । जिसस, नारायण नगरपालिका, सोसेक नेपाल दैलेख, एभरेष्ट क्लब दैलेख र नेपाल रेडक्रस सोसाइटी दैलेखको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समिति दैलेखको आयोजनामा चेतनामुलक ¥याली गरिएको थियो ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अबसरमा आयोजित ¥याली पश्चात भएको सभामा दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले यस्ता जनचेतनामुलक कार्यक्रममा नागरिकको सहभागिता शुन्य हुनु दुःखद् रहेको गुनासो गरे । कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले विपद् न्यूनीकरण र सामना गर्न पूर्वतयारी कार्यमा विशेष ध्यान दिनुपर्ने बताए । भूकम्प सुरक्षाका लागि स्थानीय तहका जनप्रतिनीधिहरु चनाखो हुनुपर्ने हो तर, त्यसो नभएकोमा थापाले चिन्ता व्यक्त गरे । महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले भुकम्प प्रतिरोधी घर निर्माणमा जोड दिनुपर्ने बताए ।
नेपालमा बेला–बेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति हुने गरेको छ । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय सुरक्षाको दृष्टिकोणले निकै जोखिमयुक्त रहेको विज्ञहरु वताउँछन् ।