दैलेखमा पर्यटकको चहपहल बढ्दै

मातृभूमी संवाददाता । ३ माघ दैलेख
नेपाल भ्रमण वर्ष सुरुसँगै दैलेखमा वाह्य पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । काठमाण्डौं, लुम्बिनीपछि दैलेख जिल्ला ऐतिहासिक, पुरातात्विक र सम्पदाका हिसाबले तेस्रो जिल्ला दैलेखमा नेपाल भ्रमण बर्ष सन् २०२० को सुरुवातसगै आन्तरिक तथा वाह्य पर्यटकको चहल पहल भएको हो ।
ऐतिहासिक, पुरातात्विक र सम्पदाका हिसाबले कर्णाली प्रदेशमा पहिलो जिल्लाका रुपमा परिचित दैलेखमा बाह्य पर्यटककको संख्यामा दिनानुदिन बढ्दै गएको छ । केही दिन अगाडी मौसम बदलिसँगै यहाँको तीनचुले महाबु, भुवान थान, गुराँसेमा हिमपात हुँदा ती स्थानमा हिउँ हेर्ने र खेल्नको लागि आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा बृद्धि भएको छ ।
३२ जातजातीको उद्गमस्थल रहेको पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण मानिने दैलेखमा यतिवेला आन्तरिक तथा वाह्य पर्यटकहरु यहाँका ऐतिहासक सम्पदा र पुरातात्विक स्थलहरुको अवलोकन गर्ने गरेका छन् । यो समयमा पर्यटकको निकै नजरमा पर्ने दैलेखको गुराँस गाउँपालिकाको गुराँसेमा हिउ खेल्न तथा हेर्न पर्यटकको घुइचो लाग्ने गरेको गुराँसेका होटल व्यवसायी देविराम रिजालले वताए । उनका अनुसार विगतको वर्षहरुमा भन्दा यो वर्ष गुराँसेमा दोव्वर पर्यटकहरुको आगमन भएको छ ।
विगतका वर्षहरुमा खासै पर्यटकहरुको आगमन नभएपनि पर्यटन वर्षको आगमनदेखि यता यो वर्ष गुराँसेमा वाह्य तथा आन्तरिक गरी भण्डै सात हजार भन्दा बढि पर्यटकहरुले अवलोकन गरेको होटल व्यवसायी रिजालले वताए । ‘दुई चार दिन हिमपात भएर मौसम सफा भएका कारण पनि गुराँसेमा यो वर्ष धेरै पर्यटकहरु भित्रिएको अनुमान गर्न सकिन्छ’ होटल व्यवसायि रिजालले भने, ‘होटलमा पनि पर्यटकहरुको उत्तिकै चाप छ, पर्यटकहरुको आगमन हुने समय नै यहि हो ।’ स्वर्गकी अप्सराको उपमा पाएको नेपालको अग्लो स्थानमा रहेको राराताल जाने आन्तिरक र बाह्य पर्यटक यहिवाटो भएर जाने हुँदा गुराँसेमा पर्यटकको चाप वढेको रिजालले वताए ।
पर्यटनको दृष्टिले महत्वपूर्ण मानिने जिल्लाका अधिकांश पर्यटकिय क्षेत्रमा सडकको पहँुच पुगेकाले पनि यो वर्ष दैलेखमा आन्तरिक तथा वाह्य पर्यटकहरुको वढि चहलपहल भएको नारायण नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तिर्थ नारायण श्रेष्ठ (ध्रुव) वताउँछन् । आफ्नो वडा क्षेत्रभित्र रहेका कोतगडि लगाएत पर्यटकीय स्थलहरुमा सहज यत्राका लागि सडक विस्तासंगै प्रचार–प्रसारमा जोड दिइएको अध्यक्ष श्रेष्ठले वताए ।
त्यसैगरि नारायण नगरपालिकाको ६ मा रहेको विश्व सम्पदाको सूचीमा सूचिकृत २२ देवल लगायत स–साना देवल र पुरातात्विक ऐतिहासिक सम्पदा यसै वडामा रहेकोले पर्यटकलाई आवत–जावत गर्न सजिलो होस् भन्नका लागि सडक फराकिलो बनाउनुका साथै ती सम्पदाको संरक्षण र संबद्र्धनका लागि वडाले विशेष पहल गर्ने वडाअध्यक्ष प्रकाश न्यौपानेले बताए । सम्पदा हेर्न आउने पर्यटकलाई सम्पदा सम्म सहजै पहुँच पु¥याउनका लागि सडक फराकिलो वनाउनुका साथै सम्पदाको संरक्षणममा जोड दिइने अध्यक्ष न्यौपानेले भनाई छ ।

नेपाल यात्रामा पाँचथरको टोली

नेपाल यात्रामा हिडेकाे पाँचथरकाे टाेलि मध्यपहाडी राजमार्ग हुँदै दैलेख सदरमुकाम आइपुगेकाे हाे । तस्वीर- महेन्द्र सापकाेटा

नेपाली जनताको जनजिविकासँग जोडिएको राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोगमार्ग हुदै प्रदेश नम्बर १ का यूवाहरुको टोली दैलेख आई पुगेको छ । नेपाल–भारतको सिमानामा पर्ने पुर्वको चिवाभञ्याङ पाँचथर देखि पश्चिमको झुलाघाट बैतडीसम्म मध्यपहाडी लोगमार्गको अवस्था र सडकले ल्याएको सामाजिक परिवर्तनको अध्ययन गर्न टोली दैलेख आई पुगेको हो ।
२३ जिल्लाका २ सय १५ बस्तीको आर्थिक तथा भौगोलिक अवस्था अध्ययन छलफल, अन्तरक्रिया गर्ने गरि नेपाल यात्रा २०७६ मोटरसाईकल यात्रा अघि बढाइएको टोलीका सदस्य दिपक वोहोराले वताए । नेपाल भ्रमण बर्षको सन् २०२० को सुरुवाती सँगै १४ दिनपछि टोली दैलेख आई ज्वाला क्षेत्र, विश्व सम्पदा सूचीमा सूचिकृत भुत्र्तिका २२ देवल, पुरानो वजारको कोतगढि, गौडा दरवार अबलोकनपछि मध्यपहाडी हुदै टोलि अछाम जिल्लाका लागी प्रस्थान गरेको हो ।
भ्रमण बर्षलाई सफलता पुर्वक सम्पन्न गर्ने र स्थानीय स्तरमा उत्साह जगाउनका लागि यात्रा सुरु गरिएको बोहरा वताउँछन् । उनले भने, ‘हामी प्रदेश नम्बर १ घुम्नका लागि निम्तो दिन यहाँका पर्यटकीय स्थलको अवलोकन गर्न पाँचथरका पर्यटकीय स्थलको प्रचार प्रसार गर्न ११ जना पाँचथरबासी यूवाको टोली यहाँ आएका हौं ।’
पत्रकार समेत रहेका वोहोराले भने, ‘हाम्रो उद्देश्य मध्यपहाडी राजमार्गमा पर्ने जिल्लाका गुमनाममा रहेका पर्यटकीय स्थलको प्रचार–प्रसार गर्नु, अवलोकन पछि सञ्चारमा माध्यममा प्रकाशन गर्नु, डकुमेन्ट्री निर्माणका साथै पुस्तक प्रकाशन गर्ने रहेको छ ।’ यसले मध्यपहाडी लोगमार्गमा आवत–जावत गर्ने आन्तिरक एवं बाह्य पर्यटकका लागि मार्ग दर्शन गर्नेमा विश्वास लिएको उनको भनाई छ ।
टोलीमा नेपाल यात्राका हर्क नेम्बाङ भिक्सो, गिरिराज बाँस्कोट, सुमन लामा, दिपक दुलाल, धनकुमार लावती, दिपक बोहरा, पविन माखिम, रुपेन्द्र तमाङ, जलकुमार तामाङ, तुलाराम रिमाल र छवि चापागाई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *