कर्णाली प्रदेशमा सुत्केरीलाइ कोशेली

मातृभूमी संवाददाता । ३ माघ दैलेख
कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि सुत्केरी कोशेली कार्यक्रम ल्याएको छ । दुर्गम क्षेत्रको रुपमा रहेको कर्णाली प्रदेशमा मातृ तथा शिशु मृत्युदर घटाउन सुत्केरी कोशेली कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ ।
नागरिकलाई स्वास्थ्यको पहुँच सहज बनाउने उद्देश्यका साथ सुरु गरिएको यो कार्यक्रम विशेषगरी अति विपन्न र गरिब महिलाका लागि सहयोगी बन्ने कर्णाली प्रदेशका सामाजीक विकासमन्त्री दल रावलले वताए । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलाका लागि संघीय सरकारले दिने रकममा प्रदेशले थप दुई हजार थपेर दिने र यो कार्यक्रम स्थानीय तहमार्फत् सञ्चालन हुने मन्त्री रावलले बताए ।
प्रदेश सरकारले यस अघि संचालन गरेको छोरी बचत खाता कार्यक्रमले छोरीमाथि हुने विभेद कम गर्न सघाउ पु¥याउने विश्वास प्रदेश सरकारले लिएको उनको भनाइ छ । कार्यक्रमका लागि प्रदेश सरकारले झन्डै ७ करोड रकम विनियोजन समेत गरेको मन्त्रि रावलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *