दैलेख जेसिसको अध्यक्षमा पौडेल

मातृभूमी संवाददाता । ४ माघ दैलेख
दैलेख जेसिसको अध्यक्षको जिम्मेवारी युवा व्यवसायी प्रकाश पौडेलले सम्हालेका छन् । २२ औं शाखा अधिबेशनबाट अध्यक्षमा निर्वाचित पौडेलले सन् २०२० का लागि पदभार ग्रहण गरेका हुन् । उनलाई दैलेख जेसिस २०१६ का अध्यक्ष एवं निर्वाचन मण्डलका निर्वाचन अधिकृत सन्देश कुमार श्रेष्ठ (शैलेस) ले पद तथा गोपनीयताको सपथ गराएका थिए ।
दैलेख सदरमुकाममा भएको पदभार ग्रहण तथा हस्तान्तरण कार्यक्रममा दैलेख जेसिसका पुर्ब अध्यक्षहरु विनोद कुमार श्रेष्ठ, सन्देश श्रेष्ठ (शैलेस), चेतन कुमार विष्ट, निवर्तमान अध्यक्ष रमा प्याकुरेल लगाएतका जेसिहरुको सहभागिता रहेको थियो । बर्ष २०१९ का अध्यक्ष रमा प्याकुरेलको गला बाट अध्यक्षको पदभार प्रतिक चेन (हार) झीकी निर्वाचित पौडेललाई पहिराईएको थियो ।
सोही अबसरमा नवनिर्वाचित तथा मनोनित सम्पुर्ण कार्यसमितिलाई वधाई तथा शुभकामना दिदै वर्ष २०१६ का अध्यक्ष एवं निर्वाचन मण्डलका निर्वाचन अधिकृत श्रेष्ठले आगामी कार्यकालका लागी शुभकामना तथा वधाई दिएका थिए । उनले वर्ष २०२० लाई जेसिसको निति नियम र विधानको अधिनमा रही अगाडी वढ्न शुभकामना दिएका थिए ।
वर्ष २०२० का अध्यक्ष पौडेलले शनिवारै संचालक समितिलाई पूर्णता दिई पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा जेसिसलाई योगदान पु¥याउने विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । यस्तै पदभार हस्तान्तरण गर्दै वर्ष २०१९ का अध्यक्ष प्याकुरेलले वर्ष २०१९ मा सहयोग गर्ने सम्पुर्णलाई मायाँको चिनो प्रदान गरेकी थिएन् ।
कार्यक्रममा वोल्ने अधिकांस वक्ताहरुले युवाहरुलाई देश विकासका लागि जागरुक हुन आग्रह गर्दै जताततै बेथिति बढिरहेकाले त्यसलाई सही बाटोमा ल्याउन जेसिसमा संलग्न युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव निरिक्षक भरत भण्डारीले दैलेख जेसिसले गर्ने हरेक कार्यक्रममा समन्वय गरेर अगाडी वढ्न तयार रहेको वताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *