केन्द्रिय प्रसारण लाईनमा जोडियो पदमखोला हाईड्रो
मातृभूमी संवाददाता । ७ माघ दैलेख
नौमूले गाउँपालिका ५ स्थित पदमखोला जलविद्युत आयोजना केन्द्रिय प्रसारण लाइनमा जोडिएको छ । ४.५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको पदमखोला हाइडोपावर कम्पनीवाट उत्पादन भएको १६ सय किलोवाट विद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिएको हो ।
वर्षा याममा ४.५ मेगावाट उत्पादन क्षमता हुने भएपनि हाल पानीको वहाव कम भएका कारण १६ सय किलोवाट उत्पादन विद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिएको कम्पनीले जनाएको छ । वर्षामा पानीको क्षमता अनुसार ४.५ मेगावाट विद्युत उत्पादन हुने र अहिले केहि महिनाको लागि १६ सय किलोवाट मात्र विद्युत उत्पादन गरी केन्द्रिय प्रशारण लाइनमा जोडिएको कम्पनिका सदस्य कुमार कार्कीले वताए ।
हाइडो हवको रुपमा चिनिदै अएको नौमूलेमा विद्युत उत्पादन धममाधम गर्न थालिएको छ । डोल्टीपावर जलविद्युत आयोजना अन्र्तगत सञ्चालित कर्णाली प्रदेशमा अहिलेसम्मकै ठुलो जलविद्युत उत्पादनका रुपमा हेरिदै आएको पदमखोला कम्पनीले छोटो समयमै विद्युत उत्पादन गरी केन्द्रिय लाइनमा जोडिएको हो । झण्डै ८० करोड लागतमा निर्माण सम्पन्न भएको उक्त जलविद्युत आयोजनाले निर्धारित समय अगावै काम सम्पन्न गरेको जनाइएको छ ।
पदमखोला जलविद्युत आयोजना नौमूले गाउँपालिका ४ कालिकादेखि करिव २ किलोमिटर टाढाबाट पाईप मार्फत पानी ल्याई ३ सय मिटर उचाईबाट पानी पावर हाउसमा खसाली विद्युत उत्पादन कार्य गरिएको सञ्चालक सदस्य कार्की वताउँछन् । विद्युत क्षेत्रमा लामो अनुभव गरेका सदस्य कार्कीले नौमूले क्षेत्रका धरै स्थानमा विद्युत उत्पादन गर्ने सम्भावना रहेको वताए । ‘हामिले द्धारीखोलामा विद्युत उत्पादनको काम पनि गरेका हौ’ सञ्चालक सदस्य कार्कीले भने, ‘नौमूले क्षेत्रमा अझ धेरै स्थानमा विद्युत उत्पादनका लागि उपयूक्त ठाउँ रहेको छ ।’
नौमुले क्षेत्रमा गाउँपालिकाले अझै विद्युत क्षेत्रमा लगानीका लागि सहज वतावरण वनाउनुपर्ने सदस्य कार्कीको भनाई छ । गाउँपालिकाको सहयोगकै कारण पदमखोला जलबिद्युत आयोजना निर्धारित समय अगावै काम सम्पन्न भएको कार्कीको भनाई छ । आयोजना सम्पन्न भएसंगै नौमूलेका केहि स्थानीयहरुले रोजगारी समेत पाएका छन् । नौमूले क्षेत्रमा जलविद्युत निर्माण गर्ने अवस्थामा स्थानीयको हितमा सघाउ हुने किसिमका विभिन्न सामाजिक काममा समेत आफुहरुले सहयोग गरेको कार्कीले बताए । जल, जमिन र जडिबुटिको खानीका रुपमा रहेको नौमुले क्षेत्रलाई हाईड्रो हवको रुपमा पनि लिईन्छ ।
यसअघि नौमुलेमै द्धारीखोला हाईड्रोपावर कम्पनीवाट उत्पादीत ३.७५ मेगावाट विद्युत दुई वर्षअघि सञ्चालनमा आई केन्द्रिय प्रसारण लाइनमा जोडि सकिएको छ । नौमूले गाउँपालिका ३ कै द्धारीमा अर्को अपर लोहोरेखोला जलविद्युत आयोजनाले पनि काम थालनी गरेको छ । हाल नौमूले गाउँपालिकावाट द्धारीखोला र पदमखेलाको विद्युत उत्पादन गरी कुल ७.८० मेगावाट विद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिएको छ ।
हाइड्रोले नौमूलेमा चहलपहल वढ्यो
नौमूले गाउँपालिकामा धमाधम हाइड्रोकामकाम हुन थालेपछि चलहपहल वढेको छ । स्थानी तथा वाहिरवाट हाइड्रो हेर्न जानेहरुको चाप वृद्धिसंगै नौमूलेमा व्यापार व्यवसायमा पनि वृद्धि भएको स्थानीय व्यापारी वताउँछन् ।
शैक्षिक अवलोकन देखि लिएर विदाको समयमा नौमूलेमा रहेका हाइड्रो अवलोकन गर्नेहरुको चहल पहल वढेको स्थानीय प्रदिप रेगामी वताउँछन् । ‘नौमूले क्षेत्रमा हाइड्रोले गर्दा पनि केहि हदसम्म विकास भएको पाइन्छ’ रेगामीले भने, ‘विकाससंगै पर्यटन क्षेत्रमा पनि यसले सहयोग पुगेको छ ।’ नौमूले गाउँपालिमा जिल्ला वाहिर तथा अन्य स्थानीय तहका विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक अवलोकन देखि अन्य भ्रमणका लागी जिल्लामा आएका संस्थाहरु समेत नौमूले पुग्ने गर्दछन् ।
नौमूलेमा हाइड्रो सञ्चालन भएसंगै होटल व्यवसामा पनि वृद्धि आएको नौमूलेका होटल व्यवसायी विनसरा घर्ती वताउँछिन् । नौमूलेमा गाउँपालिका स्थापनासंगै हाइड्रोको चहलपहलले विगतको भन्दा नौमूलेमा होटलमा केहि मात्रमा चाप वढ्ने गरेको उनले वताइन् ।