प्रदेश स्तरीय वुद्धिचालमा दैलेखका वुढा प्रथम, रावल द्धितिय

मातृभूमी संवाददाता । ७ माघ दैलेख
कर्णाली प्रदेश स्तरीय वुद्धिचाल प्रतियोगितामा दैलेखका शक्तिराम वुढा प्रथम भएका छन् । कर्णालीवाट खेलाडी उत्पादन गर्न र खेलाडीहरुको हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम कर्णाली प्रदेश स्तरीय वुद्धिचाल प्रतियोगितामा शक्तिराम वुढा प्रथम भएका हुन् ।
यस्तै दैलेखकै निरक रावत दोस्रो भएका छन् । मदन ओली तेस्रो तथा गगनवहादुर शाही चौथो भएको आयोजकले जनाएको छ । प्रथम, द्धितिय, तृतिय तथा चौथो हुनेलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ३ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
वुद्धिचाल संघ कर्णाली प्रदेशको आयोजनामा भएको प्रतियोगितामा कर्णालीका ६ जिल्लाका ४० भन्दा वढि खेलाडीको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *