ए डिभिजन लिग फुटवालमा आठौं चरणका खेल सुरु हुँदै

मातृभूमी संवाददाता । ८ माघ काठमाण्डाै
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तरगत वुधवारबाट आठौं चरणका खेलहरु सुरु हुँदैछन् । आठौं चरणको पहिलो खेलमा वुधवार लिगको उपाधि दाबेदार मछिन्द्र क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । यो खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।
मछिन्द्रको ७ खेलबाट १३ अंक रहेको छ । गत सिजनको लिगमा पुछारबाट दोस्रो स्थानमा रहेको मच्छिन्द्रले यो सिजन एक अंक ऋण बोकेर लिग सुरु गरेको थियो । उसले अहिलेसम्म ४ जित, २ बराबरी र १ हारको नतिजा बटुलेको छ ।
उता लिगमा ७ खेल खेलेको पुलिस क्लबको ११ अंक रहेको छ । पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ ।
७ खेलबाट १६ अंक जोडेको त्रिभुवन आर्मी क्लब लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!