विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुँदै

मातृभूमी संवाददाता । ८ माघ दैलेख
दैलेखमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । दैलेख जेसिजको आयोजनामा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको हो । ‘समाज रुपान्तरणका लागी युवाहरुको भुमिका’ विषयक लालवहादुर श्रेष्ठ स्मृति वक्तृत्वकला प्रतियोगिता हुन लागेको जेसिज दैलेख २०२० का कार्यकारीणी उपाध्यक्ष जेसी चेतन कुमार थापाले जानकारी दिए ।
प्रतियोगितामा नारायण नगरपालिकाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुलाई चिया नास्ताको समेत व्यवस्था गरिएको जनाईएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना स्थान प्राप्त गर्ने सहभागी विद्यार्थीलाई क्रमशः सात हजार पाँच सय, पाँच हजार, तिन हजार र एक हजार सहित प्रमाणपत्र र प्रथम हुनेलाई कपको समेत व्यवस्था गरिएको निवर्तमान अध्यक्ष जेसी रमा प्याकुरेलले वताईन् ।
विद्यार्थीहरुको वौद्धिक क्षमता अभिवृद्धि गर्न सहयोग होस् भन्ने उद्देश्यका साथ प्रतियोगिता संचालन गर्न लागिएको हो । विद्यार्थीहरु कक्षा कोठामा मात्र सिमित नभई अतिरिक्त क्रियाकलामा पनि सहभागी होउन् र क्षमतामा वृद्धि होस् भन्ने अभिप्रायले प्रतियोगिता संचालन गर्न लागिएको दैलेख जेसिजका कार्यकारीणी उपाध्यक्ष थापाले वताए ।
दैलेख जेसिजका पुर्वअध्यक्ष विनोद कुमार श्रेष्ठका पुजनीय पिता स्वर्गीय लालवहादुर श्रेष्ठ स्मृति वक्तृत्वकला प्रतियोगिता किन संचालन गर्न लागिएको हो भन्ने हाम्रो प्रश्नमा हामी सँग भने, ‘मेरो वुवा शिक्षाप्रेमी हुनुहुन्थ्यो । उहाँ सवैले पढुन् भन्ने चाहाना राख्नु हुन्थ्यो । कोहि पनि शिक्षावाट वञ्चित हुनुहुन्न भन्ने सोच राख्नुहुन्थ्यो । त्यसैले उहाँको वार्षिक पुण्यतिथिको अवसर पारेर दैलेख जेसिजसँग सहकार्य गरेर कार्यक्रम संचालन गर्न लागिएको हो ।’
कार्यक्रमलाई भव्य र सभ्यरुपमा सफल पार्नका लागी सम्पुर्ण सहयोगि मनहरुलाई हार्दिक अपिल गरिएको र धेरैको सहयोग समेत रहेको दैलेख जेसिज वर्ष २०२० का अध्यक्ष जेसी प्रकाश पौडेलले वताए । उनले भने, ‘आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कार्यहरु गर्दै जाने छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *