ट्याक्टर दुर्घटनामा एकको मृत्यु दुइ घाईते

Photo : Google

मातृभूमी संवाददाता । १० माघ दैलेख
दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । भगवतीमाई गाउँपालिका ४ को मन्घरमा भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका ५ का २० बर्षिय भीमबहादुर वि.क रहेको ईलाका प्रहरी कार्यालय बेस्तडाका प्रहरी सहायक निरिक्षक मनोज कँडेले जानकारी दिए ।
घाईते हुनेमा भगवतीमाई गाउँपालिका ५ कट्टीका १९ बर्षिय सहचालक ललित वि.क.र सोही ठाउँ निवासी २८ बर्षिय चालक दिपक वि.क रहेको प्रहरीले जनाएको छ । घाईतेको टाउको र खुट्टामा चोट लागेको छ । घाईते दुवै जनाको स्वास्थ्य केन्द्र बेस्तडामा उपचार भईरहेको छ ।
आज विहान करीब ८ः३० बजेतिर जाजरकोटको सुयाडा देखि दैलेखको बेस्तडा बजार आउँदै गरेको भे १ त ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा विकको घटनास्थलमै मृत्यु भएको कँडेले जानकारी दिए । ट्याक्टर तिव्रगतिका कारण अनियन्त्रित भई सडक भन्दा २ सय मिटर तल खसेको प्रहरीले जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *