दैलेख अस्पताल देशकै दोश्रो उत्कृष्ट अस्पताल

मातृभूमी संवाददाता । १० माघ दैलेख
देशभरका ७७ जिल्लाका ८४ अस्पताल मध्ये दैलेख अस्पताल देशकै दोस्रो उत्कृष्टमा पर्न सफल भएको छ । न्यूनतम सेवा मापदण्डमा यहाँको दैलेख अस्पतालमा दोस्रो उत्कृष्ट अस्पतालको सूचिमा परेको हो । नेपालका ७७ जिल्लामा रहेका अस्पतालको न्यूनतम सेवा मापदण्डबारे गरिएको सर्वेक्षणका आधारमा दैलेख अस्पताल ९२ प्रतिशत अंक ल्याएर दोस्रो उत्कृष्ट सेवा प्रवाह गर्ने अस्पतालमा परेको हो ।
दैलेख अस्पतालमा विगत तीन वर्षअघिदेखि प्रमुखको जिम्मेवारी पाएसँगै अस्पताल क्षेत्रमा देखिएका धेरै समस्याको समाधानमा लागी स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने औजार, उपकरण, बिरामी बस्ने शैयाँ थप्ने देखी धेरै सुधारका काम गरेकाले सेवा प्रदायकमा दोस्रो उत्कृटमा पर्न सफल भएको डाक्टर निराजन पन्तले जानकारी दिए ।
१५ शैयाँको स्वीकृत पाएको दैलेख अस्पताले विगत दुई बर्ष देखी दैलेखमा ५२ शैयाँमा उपचार सेवा दिदै आएको थियो भने कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षबाट ५० शैयाँ बनाउनका लागि रू. २ करोड रकम विनियोजन गरेको छ । जिल्लामा अक्सिजन सेवा र आकस्मिक सेवा निरन्तर सञ्चालनमा रहनुका साथै बालबालिकाका लागि छुट्टै सेवा प्रदान दिदै आएको छ । डाक्टर पन्तले भने, ‘म आफै विशेषज्ञ भएकाले काममा धेरै सहजता आएको जानकारी दिए । अस्पतालमा नियमितरुपमा विशेषज्ञ सुत्केरी सेवा सञ्चालन भईरहेको छ ।’

महिना दिन भित्रै इलेक्ट्रोनिक मेडिकल रिपोर्ट निकाल्ने तयारीमा

दैलेख अस्पताल अबको महिना दिन भित्रै इलेक्ट्रोनिक मेडिकल रिपोर्ट निकाल्ने तयारी गरेको डाक्टर पन्तले जानकारी दिए । हरेक वर्ष १०० भन्दा बढी हर्निया, हाइड्रोसिल जस्ता बिरामीको प्रमुख शल्यक्रिया गर्ने गरेको छु । प्रयोगशालामा उत्कृष्ट सेवा प्रदान गरिएको छ । डिजिटल एक्स–रे, अल्ट्रासाउण्ड, हाई केयर युनिट, दाँत सेवा लगायतका सेवा दैलेख अस्पतालबाट प्रदान गर्दै आएका छौँ । बिरामीका लागि दुई वटा एम्बुलेन्स पनि सञ्चालन छन्, डा. पन्तले भने ।
स्वास्थ्य सेवा प्रभावकारी बनाउन सामाजिक स्वास्थ्य ईकाइ गठन गरिनुका साथै असहाय, गरिब, विपन्न समुदायका नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । त्यसका लागि रू. १५ लाख रकम विनियोजन गरिएको दैलेख अस्पतालका अध्यक्ष लोमन शर्माले जानकारी दिए । बिरामीका लागि यातायात, उपचार खर्चबारेमा दैलेख अस्पतालले सेवा प्रदान गदै आएको छ ।

आपत विपतमा परेकालाई छुट्टै सेवा

महिला हिंसा र विपद्मा परेका नागरिकका लागि पनि छुट्टै सेवा प्रवाह गरेको दैलेख अस्पताल दैलेखले जनाएको छ । नेपालका ठूला अस्पतालमा प्रदान गरिने ल्याब सेवा, प्यारालाइसिस भएका बिरामीसँगै अन्य हाडजोर्नी र नशा सम्बन्धी समस्या भएका नागरिकका लागि फिजियो थेरापी भरखरै सञ्चालनमा ल्याईएको छ । बिरामीलाई प्रदान गर्ने खानाको दैनिकरुपमा निरीक्षण गर्ने गरेको डाक्टर पन्तको भनाई छ ।
दैलेख अस्पताल कार्यालयले स्वास्थ्य तथा सरसफाइलाई समेत प्राथमिकताका साथ अगाडि बढाई सरसफाई नमुना अस्पताल बनाउन लागेको अहेव नमराज सुवेदी बताए । उनले भने, हामी अब सरसफाईमा नमुना अस्पताल बनाउन सबै स्वास्थ्यकर्मी लागि परेका छौं । यसमा सबै जिल्लाबासीले आफ्नो काम कर्तव्य जिम्मेवारी बहन गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *