वडा कार्यालय अपायक भएको भन्दै स्थानीयद्धारा बिरोध
मातृभूमी संवाददाता । १० माघ दैलेख
नारायण नगरपालिका वडा नं. ३ को कार्यालय अपायक भएको भन्दै स्थानीयवासीले बिरोध जनाएका छन् । वडाध्यक्ष चन्द्रप्रसाद उपाध्यायको बल मिच्याईले अस्थायी कार्यालय भनिएको खुर्सानीवारीमै वडा मुकाम कायम गराउन खोजेको भन्दै स्थानीयले बिरोध जनाएका हुन् ।
भूर्तीदेखि ताराघाट, भैंसेघोरदेखि कालिकाटी हुँदै बुढागाउँ र प्यूसेदेखि खुर्सानीवारीसम्मका सबै जनतालाई पायक पर्ने प्यूसे वा साङ्गखोला आसपासमा वडा कार्यालय हुनुपर्ने माग राख्दै करिव ३ सय भन्दा बढी स्थानीयले प्रदर्शन गर्दै विरोध जनाएका हुन् ।
सबै सेवाग्राहीलाई पायक पर्ने स्थानमा वडा कार्यालय सार्नुपर्ने लिखित मागपत्र ग्रहण गरिसकेपछि प्रदर्शनकारी स्थानीयहरुलाई जिल्ला प्रशासन कार्यालयमा झिकाएर मुद्दा चलाउछु भन्ने प्रतिक्रिया दिएको भन्दै स्थानीयवासी झन् आक्रोसित भएका छन् ।
यसबारे प्रतिक्रिया माग्न वडाध्यक्ष उपाध्यायलाई फोन गर्दा यो समचार तयार पार्दा सम्म अहिले अर्कै काममा छु भनी फोन राखेका थिए । कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाको पूर्वाधार विकास कार्यक्रमको ४० लाख अनुदानमा खुर्सानीवारीमा वडा कार्यालय भवन बनाउन लागिएको कारण स्थानीयले असन्तुष्टी जनाएका छन् ।