सहकारीका नाममा ४७ लाख ठगी गर्ने पक्राउ

मातृभूमी संवाददाता । १२ माघ दैलेख
मुगु जिल्लाको खत्याड गाउँपालिका २ का २५ बर्षिय किरण विसी भनिने कर्णसिंह टमटालाई ४७ लाख ३ हजार ५ सय ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दैलेख जिल्ला सदरमुकाममा रहेको स्वर्णभुमी कृषि तथा पशुपालन एग्रिकल्चर लिमिटेड संस्थाको नाममा ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सहकारी खोलेर विभिन्न व्यापारी तथा कृषहरुबाट संस्थाको नाममा शेयर बचत रकम उठाई भागेपछि कर्णसिंहलाई महानगरिय प्रहरी बृत काठमाण्डौंले माघ ९ गते पक्राउ गरेको हो । पक्राउपछि कर्णसिंहलाई महाराजगञ्जबाट दैलेखमा स्थानान्तरण गरि जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको छ ।
सहकारीका प्रवन्धक रहेका कर्णसिंहले गत असोज २५ मा दैलेखको नारायण नगरपालिका १ नयाँबजारको त्रिभुवन माध्यामिक विद्यालय अगाडी सो संस्थाको कार्यालय स्थापना गरी कारोवार गर्दै आएका थिए । सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानमा बसोबास गर्दै आएका कर्णसिंहले सहकारी संस्थाको नाममा ठगी गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसंधान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।
पक्राउ परेका कर्णसिंहले कर्मचारीको तलब बापत रु. ४ लाख पैतालिस हजार, कर्मचारीको शेयर रकम बापत रु. ६ लाख, बचत कर्ताहरुको जम्मा रु. १० लाख, कृषक, व्यापारी तथा अन्य व्याक्तिको रकम रु. २२ लाख ६८ हजार ५ सय, संस्था रहेको घरभाडा र डेकुरेसन खर्च बापत रु. ३ लाख ९० हजार गरि रु. ४७ लाख ३ हजार ५ सय ठगी गरेको खुल्न आएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
त्यसैगरि उनले सगुन कृषि तथा पशुपालन एग्रीकल्चर दुल्ल नगरपालिका ५ मा कृषि तथा पशुपालन समुह बनाई सोही समुहको सदस्यबाट उठाएको रु. ७ लाख तीसहजार समेत ठगी गरेको आरोप छ ।
ठगीको आरोपमा पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ को १ विपरित २ बमोजिमको कसुर गरेको हुँदा निजलाई सोही दफाको उपदफा ३ ग बमोजिम ७ बर्ष सम्म कैद सजार र ७० हजारसम्म जरिवाना, विगो बमोजिम क्षतिपुर्ति भराउने कानुनी व्यवस्थामा उल्लेख गरिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *