नारायणमा छैनन् कुष्ठरोगी

मातृभूमी संवाददाता । १२ माघ दैलेख
नारायण नगरपालिकामा कुष्ठरोगीका विरामी नभएको पाईएको छ । अहिले जिल्लाभर १२ जना कुष्ठरोगी भएको तथ्याकं वाहिर आएपनि नारायण नगरपालिका कुष्ठरोगीमुक्त नगर रहेको वुझिएको छ ।
आईतवार नारायण नगरपालिकाले ६७ औं विश्व कुष्ठरोग दिवसका अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशमा ८९ जनामध्ये १२ जना कुष्ठरोगी दैलेखमा उपचाररत रहेको जानकारी दिएको छ । ति १२ जना अहिले नियमित उपचारमा रहेको र तिमध्ये कोहिपनि नारायण नगरपालिकाका वासिन्दा नरहेको कार्यक्रममा जानकारी दिईएको हो । दिवसको क्रममा नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको पत्रकारहरुसँग अन्र्तक्रिया कार्यक्रममा सहजीकरण गर्दै नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले कुष्ठरोग विस्तारै उन्मुलन उन्मुख भएकाले त्यसको वारेमा पछिल्लो समयमा चासो नभएपनि ‘ आउट व्रेक’ हुन सक्ने भएकाले संचारकर्मीहरुले मिडियावाट प्रचार–प्रसारमा ल्याउन जरुरी रहेको वताएका थिए । छालामा लाटो फुस्रो र नचिलाउने दाग देखिएमा तत्काल स्वास्थ्य संस्थामा गई जांच गर्न मिडिया मार्फत प्रचार–प्रसार गर्न जरुरी रहेको उनले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख सावित्री मल्लले जतिधेरै मिडियावाट कुष्ठरोगका लक्षणहरुको सूचना दिन सकिन्छ, त्यति छिटो यो रोगको उन्मुलनमा सहयोग मिल्ने वताईन् । उनले नारायण नगरपालिकालाई कुष्ठरोग रहित नगर भएकाले जनप्रतिनिधी लगायत सवै नगरवासीले गर्व गर्ने विषय भएको भन्दै कतै त्यस्ता लक्षणहरु देखा पर्न सकेको हुनसक्ने भएकाले मिडियाले सूचनाका माध्यमवाट सचेत गराउन अहिले पनि जरुरी रहेको स्पष्ट पारेकी थिईन् ।
एक तथ्यांकका अनुसार अहिले पनि कर्णाली प्रदेशमा प्रति एक हजार व्यक्तिमा चार जना कुष्ठरोगको संक्रमित रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको तथ्यांक अनुसार पछिल्लो पाँच आर्थिक वर्षमा मात्रै कर्णालीमा ५ सय ४६ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । जसमध्ये आर्थिक वर्ष २०७१/०७२ मा १ सय ८ जना, २०७२/०७३ मा १ सय १९ जना, २०७३/०७४ मा १ सय १५, २०७४/०७५ मा पनि १ सय १५ र २०७५/०७६ मा ८९ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् । सबैभन्दा बढी कुष्ठरोगका बिरामी कर्णाली प्रदेशको जाजरकोटमा भेटिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *