वेथिति श्रृंखला–१६ : नारायणमा निर्माण गरिएका संरचना लथालिंङ्ग
मातृभूमी संवाददाता । १३ माघ दैलेख
नागरिक वडापत्र (डिजिटल वोर्ड) वन्द भएको महिनौँ भयो । अपांङ्ग सहायता कक्ष भित्र फोहोरको डंगुर छ । कक्ष भित्र डस्टविन लगाएतका सामाग्रि राखिएको छ । झट्ट हेर्दा फोहोर फाल्नका लागि नै निर्माण गरिएको हो कि जस्तो लाग्ने अपांङ्ग सहायता कक्ष निर्माण पश्चात संचालनमा नआएको जस्तो देखिन्छ । कक्षमा प्रवेश गर्ने ढोकामा ताला झुण्डिएको छ । यो दैलेखको मुटुमा रहेको नारायण नगरापलिकामा प्रवेश गर्ने वित्तिकै देखिने दृष्य हुन् ।
जनप्रतिनिधी आएपछि निर्माण गरिएका संरचना केहि समय संचालन हुने र पछि पुर्णरुपमा प्रयोगमा नआउनु दुखद् कुरा हो । नारायण नगरपालिकाको व्यवस्थापन पक्ष राम्रो नहुनु दुखद् भएको स्थानीय सेवाग्राहीको भनाई छ । लाखौँ रकम खर्च गरेर निर्माण गरिएको नागरिक वडापत्र (डिजिटल वोर्ड) वन्द हुदाँ समेत मर्मत संभार तर्फ ध्यान नदिनु कर्मचारी र जनप्रतिनिधीको उदासिनताको उदाहरण हो ।
नागरिक वडापत्र (डिजिटल वोर्ड) को विषयमा वुझ्दा नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश कुमार विसिले वोर्ड नविग्रिएको तर राजश्व शाखाले खोल्नु पर्नेमा त्यसो नगरेको वताए । उनले भने, ‘आफुले दिनदिनै खोल्न पनि नभ्याउने भएकाले राजश्व शाखामा जिम्मा दिएको वोर्डलाई पावर पनि राजश्व शाखावाट नै दिएकाले त्यसको जिम्मा राजश्व शाखालाई नै छ ।’
नागरिक वडापत्र (डिजिटल वोर्ड) किन वन्द छ ? भन्ने हाम्रो प्रश्नमा नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले नखोलेकोले वन्द भएको तर नविग्रिएको प्रतिक्रिया दिए । उनले यस विषयमा सम्वन्धीत कर्मचारीसँग वुझेर तत्काल संचालनमा ल्याउने प्रमुख प्रशासकीय अधिकृत नेपालीले वताए ।
उनले अपांग सहायता कक्षको विषयमा अपांङ्गता भएका व्यक्तिहरु आउँदा त्यहाँ राख्ने र आफुहरु त्यहिँ पुगि उहाँहरुलाई सेवा दिनका लागि निर्माण गरिएको वताए । तर त्यहाँ त कुनै कुर्चि, टेवुलहरु राखिएको छैन । वरु फोहोर फाल्ने डस्टविन राखिएको छ । जताततै फोहोर छ । भन्ने हाम्रो जिज्ञासामा प्रमुख प्रशासकीय अधिकृत नेपालीले अपांङ्गता भएका व्यक्तिहरु त्यति धेरै नआउने भएकाले पनि त्यसो भएको हुन सक्ने र त्यसलाई कसरी हुन्छ व्यवस्थापन गर्न लागी पर्ने वताए ।
कुनै पनि संरचना निर्माण गर्दा त्यसको उपयोगिता कत्तिको छ ? कत्तिको प्रयोगमा आउन सक्छ ? प्रयोग भएन भने के गर्ने ? लगाएतका विषयमा सम्वन्धित व्यक्ति र निकायले निर्माणका वेला ध्यान नदिदा यस्तो समस्या आउने स्थानीय वुद्धिजीवीहरुको भनाई छ ।