छुवाछुत गर्दा १० हजार जरिवाना

मातृभूमी संवाददाता । १३ माघ दैलेख
नारायण नगरपालिका १० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई जातीय भेदभाव कसूरमा दैलेख जिल्ला अदालतले १० हजार रुपियाँ जरिवाना र पीडित पक्षलाई २५ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट माघ १३ गते उक्त फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए ।
२०७६ वैशाख ११ गते दिउँसो सार्वजनिक धारामा पानी भर्ने क्रममा प्लाष्टिकको जर्किन छोइएको भन्दै सोही ठाउँकी ३५ वर्षीया लक्षिमा सुनारलाई आरोपित न्यौपानेले टाउकोमा हसिया प्रहार गरि घाईते वनाएकी थिईन् । घाइतेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गरिएको थियो ।
घटनापछि फरार रहेकी आरोपित न्यौपानेलाई सुर्खेतमा आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले साउन २८ गते गिरफ्तार गरेको थियो । प्रहरीले हिरासतमा राखी अनुसन्धान सकेर भदौ ११ गते जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो ।
प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकील कार्यालय मार्फत अदालतमा पेश भएको जातीय भेदभाव तथा छुवाछूत मुद्दामा अदालतले आरोपित न्यौपानेलाई ३० हजार रुपियाँ धरौटीमा छोडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *