नागरीक समाज नगरपालिका पुगेपछि…

मातृभूमी संवाददाता । १४ माघ दैलेख
सोमवार दिउसो १२ वजे नागरीक समाजका अगुवाहरु नारायण नगरपालिका कार्यालयमा पुगे । पुर्वनिर्धारित योजना अनुरुप पत्रकार सहित नागरीक समाजका अगुवाहरु जनप्रतिनिधी र कर्मचारीसँग केहि भलाकुसारी र सवालवारे प्रश्न वोकेर नगरपालिका कार्यालय पुगेका थिए ।
नगरप्रमुख र उपप्रमुखलाई सामान्य जानकारी भएपनि नागरीक समाजको उपस्थिती अनौपचारिक नै थियो । नगर हलमा जम्मा भएका नागरीक समाजका अगुवाको कुरा सुन्न र आफ्ना कुरा राख्न केहिवेरमै प्रमुख र उपप्रमुख हलमा प्रवेश गरे । उनीहरुको उपस्थिती भएपश्चात नागरीक समाजका तर्फवाट सवालका वारेमा कुरा उठ्न शुरु भयो ।
सहजकर्ताले पारस्परिक जवाफदेहिताको एउटा अभ्यास गर्न छलफल गर्नुपर्ने र छलफल खवरदारीसँगै साझेदारीमा केन्द्रित हुने वताएपछि एकोहोरो गुनासो र प्रश्नको जवाफ दिनुपर्ने होकि भन्ने तनावमा रहेका जनप्रतिनिधीहरु केहि सुस्ताए ।
शुरुवातमै कृषक समुह महासँघका कर्णाली प्रदेशका सचिव तेजवहादुर थापाले कृषक समुह दर्ता र नविकरणमा नगरपालिकाले लगाएको दस्तुरले कृषक मर्कामा परेको भन्दै जवाफ खोजे । अर्को सवाल आउन नपाउदै नगरप्रमुख रत्नवहादुर खड्काले स्थानिय सरकारको सहयोग मात्र चाहिने तर स्थानिय सरकारलाई कर नवुझाउने भन्दै उनको कुराको खण्डन गर्न खोजे । अन्ततः नगरसभावाट निर्णय भएको कुरा भएको र पुनः सो सवाल सच्याउन प्रक्रियामा जाने कुरामा सहमत भए ।
‘नगरपालिकाका सवारी साधनको नम्वर प्लेट कहिले सेतो वनाउने हो ? अनि यति धेरै कर्मचारी हुँदा पनि किन सेवाप्रवाहमा समस्या छ ?’ यो प्रश्नको जवाफ दिन नगरप्रमुख तयार भएपनि प्रमुख प्रशासकिय प्रमुखवाट जवाफ आउनुपर्ने जरुरी देखिएपछि उनी रोकिए । त्यतिवेलासम्म प्रमुख प्रशासकिय अधिकृत छविलाल विक हलमा प्रवेश गरिसकेका थिएनन् । उनलाई पटक–पटक वोलाउदा पनि कार्यक्रमवारे जानकारी नभएको भन्दै कार्यकक्ष छोडेका थिएनन् । हाकिमसावले नै जवाफ दिनुपर्ने भएकाले नगरप्रमुखको टेलिफोनपछि उनी हलमा आउन वाध्य भए तर उठेको जवाफको चित्तवुझ्दो जवाफ दिन सकेनन् ।
त्यसैगरी छलफलमा सहभागी नागरीक समाजले नगरपालिकासँग जोडिएका सवालहरु उठाउदै गर्दा शाखासँग सम्वन्धित विषयगत शाखाका प्रमुखलाई वोलाउदै नगरप्रमुखले सवाल सम्वोधनको प्रयासलाई निरन्तरता दिए ।
लामो अनि दोहोरो अन्तरक्रिया र छलफलपछि नागरीक समाजको तर्फवाट नगरप्रमुखलाई १३ वुदें ज्ञापनपत्र प्रदान गरियो । ज्ञापनपत्र वुझेपछि नगरप्रमुखले उल्लेख गरिएका सवाललाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नागरीक समाज र नगरपालिकाविच भएको छलफलमा राखिएका सवालहरु यसभन्दा अघि नउठेका भने होईनन् तर कार्यान्वयनमा समस्या भएपछि नागरीक समाजका अगुवाहरु नगरपालिका कार्यालयमै पुगी छलफल गर्न वाध्य भएका थिए ।
यो छलफलमा सवाल सम्वोधनको क्रममा जनप्रतिनिधी र कर्मचारी मात्र होईन, नागरीक समाजको भुमिका पनि उत्तिकै हुनुपर्ने जनप्रतिनिधीको जोड रहेको थियो । सुशासन र जवाफदेहिता अभिवृद्धिका लागि सवैको हातेमालो र साझेदारी अपरिहार्य रहेको छलफलको निष्कर्ष रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *