समानरूपमा विकासका कार्यक्रम सञ्चालन गरिरहेका छौँ : साँसद थापा

मातृभूमी संवाददाता । १५ माघ दुल्लु
कर्णाली प्रदेशसभाका साँसद सुशीलकुमार थापाले आफ्नो प्रदेश क्षेत्र दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाका २० वटै वडामा समान हिसाव विकास कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् ।
चालु आर्थिक वर्ष २०७६÷०७७ को बिनियोजित बजेटबाट प्रदेशसभा क्षेत्रको पूर्वाधार विकास कार्यक्रम बारे आज दुल्लूमा गरिएको पत्रकार सम्मेलनमा उनले सो जानकारी गराए ।
प्रदेशसभा क्षेत्र २ (क) मा चालु आर्थिकमा पूर्वाधार विकास कार्यक्रमको नियमित बजेट र आफूले पहल गरी ल्याएका १४ वटा सडक, २१ वटा विद्यालय, ३२ वटा सिचाईं योजना, २२ वटा खानेपानी योजना र ३ वटा सडक पुल निर्माणका लागि ५५ करोड बढी रकम परेको साँसद थापाले जानकारी दिए ।
कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले संघ, प्रदेश र स्थानीय सरकारबाट परेका विकास योजना पारदर्शी र गुणस्तरीयता कायम गर्न प्रयत्न गरिएको बताउदै उपभोक्ता, ठेकेदार र समुदायको पनि इमान्दारिता जरुरी हुने बताए ।
त्यस्तै भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले तीनै तहका सरकारका योजना छनौट स्थानीय आवश्यकताकै आधारमा छनौट भएको बताए । योजना बाँडफाँड जनप्रतिनिधिहरुले गर्नुभएको र योजनाहरुको अनुगमन तथा मूल्यांकन प्रभावकारी रुपमा आफूहरुले गरिरहेको पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख रामआशिष दासले जानकारी दिए ।
कार्यक्रममा दुल्लू् नगरपालिकाका उपमेयर बिष्णु थापा र भैरबी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्टले लक्षित समुदायका लागि पालिकाहरुले गरिरहेका विकास गतिविधि र त्यसको प्रतिफल विषयमा आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *