जनप्रतिनिधि जनउत्तरदायी वने संघीयता सफल हुन्छ : मेयर खड्का

मातृभूमी संवाददाता । १६ माघ दैलेख
नारायण नगरपालिका दैलेखका मेयर रत्नबहादुर खड्काले संघीय व्यवस्था सफल पार्न जनप्रतिनिधिहरु जनउत्तरदायी भएको बताएका छन् । यूएसआइडी स्वास्थ्यको लागि सक्षम प्रणाली परियोजनाले विहिवार नारायण नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुखहरुका लागि ‘स्वास्थ्य क्षेत्रमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण, मूलप्रवाहीकरण’ सम्वन्धी अभिमुखीकरण कार्यक्रममा वोल्दै मेयर खड्काले यस्तो वताएका हुन् ।
जातजाति, लैंगिक, अपांग वा पिछडिएको समुदायको क्षमता बढाएर समावेशीकरण माध्यमबाट प्राप्त उपलब्धीलाई संस्थागत र प्रभावकारिता बढाउन सकिने खड्काले वताए । उनले वर्ग विहीन समाज निर्माण गर्न गरिव र विपन्नलाई प्रत्यक्ष सुविधा पुर्याउन नसकिएको कारण खरको छाना हटाउएर दलितको घरमा टिनको छाना लगाउने योजना ल्याएको बताए ।
नागरिकहरुलाई प्रत्यक्ष प्रभावकारी स्वास्थ्य सेवामा पहुँच बढाउने उपायबारे स्वास्थ्यको लागि सक्षम प्रणाली परियोजनाका प्राविधिक अधिकृतहरु रामहरी अधिकारी, निरमाया गुरुङ, भानु पोखरेल र लैंगिक मूलप्रवाहीकरण सहजकर्ता रमा भण्डारीले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *