वेथिति श्रृंखला-१७ : मेला महाेत्सवका नाममा १६ लाख वढि स्वहा

मातृभूमी संवाददाता । १७ माघ दैलेख
दैलेखका चार वटा गाउँपालिकाले ४ महिनामा १६ लाख ५० हजार रकम विभिन्न सांस्कृतिक कार्यक्रमका नाममा खर्च गरेका छन् । कात्तिक देखी माघ सम्म ४ महिनाको अवधिमा यति ठुलो रकम खर्चेका हुन् । यहाँका भगवतिमाई, गुराँस, नौमूले र डुङ्गेश्वर गाउँपालिकाले आफ्नै खर्चमा सास्कृतिक महोत्सवका नाममा लाखौँ रकम खर्च गरेका छन् । जनताका आवश्यकता र विकासमा केन्द्रित भएर काम गर्ने समयमा मेला, महोत्सव गरेर फजुल खर्च गरेको भन्दै स्थानीयले आपति जनाएका छन् ।

राष्ट्रिय कलाकार, स्थानीय कलाकारहरुलाई पारिश्रमिक दिने गरि यहाँका स्थानीय तहले लाखौँ रकम खर्च गरेका छन् । यहाँको डुङ्गेश्वर गाउँपालिकाले महोत्सव संञ्चालन ५ लाख रकम खर्चेको छ । डुंगेश्वर बजारमा माघको १५ देखी १७ गतेसम्म महोत्सव गरिएको छ ।

भगवतिमाई गाउँपालिकाले स्थानीय एक क्लव मार्फत महोत्सवको आयोजना गरी ४ लाख रकम खर्च गरेको छ । गएको मंसिर १९ गते देखी २२ गते सम्म संचालन भएको महोत्सवमा भगवतिमाईले स्थानीय क्लव मार्फत ४ लाख रकम खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत वखतवहादुर खड्काले जानकारी दिए ।
दैलेखकै गुराँस गाउँपालिकाले गएको पौष १४ देखी १६ गते सम्म संचालन भएको वृहत गुराँस महोत्सवका नाममा २ लाख ५० हजार खर्च गरेको छ । गुराँस महोत्सवका नाममा २ लाख ५० हजार खर्च गरेको गाउँपालिकाका अध्यक्ष खेमराज वलिले जानकारी दिए । अध्यक्ष वलिले भने, ‘उहाँहरु (आयोजक सौगात संचार प्रा.लि.) ले २ लाख ५० हजारमा कर काटेर वाँकि रकम पाउनुहुन्छ ।’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर वुढाले यसवारेमा आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
यस्तै नौमूले गाउँपालिकाले गत कात्तिकमा संचालन गरको नौमूले कला संस्कृति तथा संरक्षण कार्यक्रम संचालन गरी ५ लाख खर्च गरेको छ । गत कात्तिक १९ देखी २१ गते सम्म तिन दिन संचालन भएको नौमूले कला संस्कृति तथा संरक्षण कार्यक्रममा ५ लाख खर्च गरेको गाउँपालिका स्रोतले जनाएको छ ।
तर नौमूले गाउँपालिकाले अन्य गाउँपालिकाको भन्दा फरक तरीकाले कार्यक्रम संचालन गरेको थियो । एक स्थानीयले भने, ‘अन्य स्थानीय तहले संचालन गरेका सांस्कृति तथा पर्यटन महोत्सवका नाममा लाखौँ रकम असुलेका छन् । तर नौमूले गाउँपालिकाले संस्कृति संरक्षण भनेर गाउँपालिका भित्र रहेका कला संस्कृतिको प्रचार–प्रसार गरेको छ । स्थानीय कला संस्कृतिको प्रवद्र्धनका लागी राम्रो पुरस्कार समेत दिएको हामीले जानकारी पायौँ । खुसी लाग्यो । अन्य स्थानीय तहले त कला संस्कृति र पर्यटनका नाममा वाहिरका कलाकार वोलाएर उनीहरुलाई पाल्ने काम ग¥यो । यो आपतिजनक छ । नियामक निकायले यसलाई रोक्नु पर्ने र स्थानीय जनताले पनि खवरदारी गर्नु पर्दछ ।’
यहाँका स्थानीय तहमा मेला महोत्सव गरेर अनावश्यक खर्च गरिएको भन्दै टिकाटिप्णी हुनुका साथै विरोध समेत हुने गरेको छ । कला संस्कृती भन्दा पनि महंगा कलाकार ल्याएर गाउँपालिकाको पैसा खर्च गरेकोमा स्थानीयले आपत्ति जनाएका छन् । महोत्सवमा बाहिरका कलाकारलाई पैसा बाँडेर स्थानीय कलासंस्कृती जर्गेना नहुँने डुङ्गेश्वर गाउँपालिकाका स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *