“सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारौँ”
मातृभूमी संवाददाता । २५ माघ दैलेख
नेपाल शिक्षक संघ दैलेखको २१ औ जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको छ । प्रजातान्त्रिक विचारधारमा आस्था राख्ने शिक्षकहरुको संस्था नेपाल शिक्षक संघ दैलेखको २१ औं जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको हो ।
सभामा सहभागि हुन जिल्लाभरीका शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो । शिक्षकहरुको जुलुशले सदरमुकाम दैलेख बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको हलमा सभा वसेको थियो ।
नेपाल शिक्षक संघका संघिय अध्यक्ष राजेन्द्रराज पौड्याल, शिक्षक महासंघका केन्द्रिय महासचिव लक्ष्मीकिशोर सुवेदी, नेपाल क्षिक संघका केन्द्रिय सदस्यहरु, नेपाली कांग्रेस दैलेखका पार्टि सभापती कृष्णकुमार विसि लगायतका वक्ताहरुले वोल्दै सामुदायिक विद्यालयको शैशिक स्तर दिन प्रती दिन खस्कदै गएको र सामुदायिक विद्यालयहरु बन्द हुदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । वक्ताहरुले सामुदायिक विद्यालको शैक्षिक स्तर सुधार्नु शिक्षकहरुको प्रमुख दायित्व रहेकाले राजनीति भन्दा पठनपाठनमा जोड दिन आग्रह गरेका थिए ।
सभामा ब्लड क्यान्सरबाट पीडित भई काठमाण्डौमा उपचार गराइरहेकी दैलेखकी एक छात्रा शिखा कोईरालाका पीता झलक कोइरालालाई शिक्षक हरुले सहयोग रकम संकलन गरि ४८ हजार एक सय रुपयाँ सहयोग समेत गरेका छन् । सभाको बन्दसत्र कार्यक्रममा जिल्लाको शैक्षकि अवस्था, सांगठनिक प्रतिवेदन लगायतमा छलफल हुने र अन्य शिक्षक संघ संगठन परित्याग गरि नेपाल शिक्षक संघमा २४ जना शिक्षकहरु प्रवेश गरेको शिक्षक संघ दैलेखका अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिएका छन् ।