प्रेसलाइ कुन्ठित पार्न खोजियो : अध्यक्ष थापा

मातृभूमी संवाददाता । २५ माघ दैलेख
पत्रकार महासंघ दैलेख शाखाको साघारण सभा सम्पन्न भएको छ । दैलेख शाखाले हाल सम्म गरेका गतीविधिहरुको समिक्ष गर्दै पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि थापाले नेपाल पत्रकार महासंघ प्रेस अभिब्यक्ति स्तन्त्रताका लागि सदा लडिरहने छ भन्दै वर्तमान सरकारले विभिन्न विधेयकहरु ल्याइ प्रेसलाइ कुन्ठित पार्न खोजेको वताए ।
पत्रकार महासंघको साधारण सभामा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेल लगायत पत्रकारहरुका विभिन्न संघ संगठनका प्रमुखहरुले शुभकामना मन्तब्य राखेका थिए ।
साधारण सभामा सांगठनिक र आर्थिक प्रतिवेदन पेश गरिएको थियो । प्रतिबेदन माथी साधारण सदस्यले आ-आफ्नो धारणा राखेका थिए । सो साघारण सधाले पत्रकार महांसंघको भवन निर्माणका लागि जग्गा खोज्ने र यसै वर्ष भवन निर्माण गर्ने प्रतिवद्धता समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *