मलाई अन्याय भयो : अध्यक्ष वुढा

भदे वुढामगर : अध्यक्ष नाैमूले गाउँपालिका दैलेख

मातृभूमी संवाददाता । २८ माघ दैलेख
नौमूलेमा माघ १३ मा साँझ नौमुले बजारमा गाउँपालिकाका चालक कुलविर खत्रीलाई मरणासन्न हुनेगरी एक समुहले कुटपीट गर्याे । झै–झगडा गर्नु हुदैन भनेर सम्झाउन गएका गाउँपालिकाका अध्यक्षलाई नै उल्टै कृष्ण सलामीको गु्रपले तथानाम नारावाजी गर्दै हिडेको एक स्थानीले वताए ।
मलाई जवरजस्ती कुटपिटको घटनामा संलग्न भएको भन्दै अभद्र व्यवहारको झुठो मुद्दा लगाई अनाहकमा मेरो राजनितिक र व्याक्तिगत चरित्र हत्या गरिएका कारण म अन्यायमा परेको छु भन्छन्, नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा मगर ।
दुई समुहविच कुटपिट घटनाको मुद्दा अहिले जिल्ला अदालत दैलेखमा विचाराधिन छ । नौमुले गाउँपालिका चालक कुलविर खत्रीलाई गम्भिर घाईते हुने गरि कृष्ण सलामीको समुहले कुटेपछि कुलविरका बुबाले ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालमा मुद्दा दर्ता गरे । सो मुुद्दा दर्ता भए लगत्तै कपिल सिहंमाथि जवरजस्तीकरण मुद्दा दर्ता गरियो ।
यसै गरि अर्को दिन नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई समेत मुछि अभद्र व्यवहार सम्बन्धि मुद्धा दर्ता गरियो । नौमुले क्षेत्रबाट एउटा घटना घटि सकेपछि पहिलो मुद्दालाई काउन्टर दिन मुद्दा माथि मुद्दा दर्ता गरिएको नौमूलेका सर्वसाधारण वताउँछन् । यसपछि मुद्दा मिलाउने भन्दै नेकपा र नेपाली काँग्रेसका नेतृत्व बिच बारम्बार छलफल भयो । छलफल पछि टुंगो नलागेपछि कानुनी प्रक्रिया अगाडी बढेको छ ।
हामीसँग कुरा गर्दै नौमूले गाउँपालिकाका अध्यक्ष वुढाले आफुलाई विभिन्न क्षेत्रका व्यक्ति र संचार माध्यामले अपराधि जस्तो व्यवहार गरको दुखेसो पोखे । उनले भने, ‘मैले नौमूले गाउँपालिका वडा नं. ७ का अध्यक्ष मोतिलाल वस्नेतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर, म आफ्नो काम विषेशले वाहिर गएको थिए । यहाँ अध्यक्ष फरार भएको भनेर प्रचार गरीयो । मैले आफु अपमानित भएको महसुस गरेको छु । सारै दुःख लागेको छ । म फरार हुनलाई अपराधि पनि होईन । मलाई कसैले यो घटनाको छानविन नसकिने वेला सम्म वाहिर जान पाईदैन पनि भनेको थिएन । म काम विषेशले वाहिर जाँदा अध्यक्ष फरार भन्ने र अपराधि जस्तो व्यवहार गरेकोमा मेरो आपत्ति छ ।’

2 thoughts on “मलाई अन्याय भयो : अध्यक्ष वुढा

  1. अन्यायमा पनि पर्नुपर्ने उल्टै दुर्व्यवहारकाे अाराेप पनि खेप्नु पर्ने यसरी राजनिति नगरेकाे भएपनि हुने सत्ता र पहुँचकाे राजनिति कहिले सम्म टिक्ला । स्थानीय तहकाे चुनावकाे वेला जनताले त्यसै हराएका रहेनछन् ।

  2. यिनिहरूले राजनिति गरेका हुन की लाजनिति केहि वुझिन । याे देशमा जाे सत्तामा छ उसैकाे र उसैका अासेपासेकाे मात्र चल्ने हाे भने भन्नु केहि छैन । समचार पढ्दा कालेकाले मिलेर खाउँ भाले भने जस्ताे लाग्याे । प्रतिपक्ष भनेकाे दैलेखकाे दाेस्राे ठुलाे पार्टिले एउटा विज्ञप्ति सम्म निकाल्न सकेन । के यहि नै राजनिति हाे त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *