पेट्रोलियम पदार्थ अन्वेषण : साइस्मिक सर्भे आठ लाईनमा सम्पन्न

मातृभूमी संवाददाता । ६ फागुन दैलेख
दैलेखमा पेट्रोलिय पदार्थ अन्वेषण अन्र्तगत साइस्मिक सर्भे आठ लाईनको काम सम्पन्न भएको छ । यहाँका नाभिस्थान, शिरिस्थान, पादुका लगायतका क्षेत्रलाई आधार बनाई थालिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्र्तगत साइस्मिक सर्भे आठ लाइनको काम सम्पन्न भएको हो । पेट्रोलिम पदार्थ अन्वेषण अन्र्तगत महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताए ।
गत कात्तिकदेखि सुरु गरिएको अन्वेषणका लागि तीनवटा पूर्व–पश्चिम र सातवटा उत्तर–दक्षिणमा गरी १० वटा साइस्मिक सर्भे लाइन रहेका छन् । यी मध्ये आठ वटा लाइनमा चिनियाँ प्राविधिक टोलीले सर्भेको काम सम्पन्न गरेको अन्वेषण अधिकृत डा. त्रिपाठीले बताए । बाँकी रहेका दुई वटा लाइनको काम अवको ८÷१० दिन भित्र सक्ने गरी चिनियाँ प्राविधिक टोलीले काम गरिरहेको उनले वताए ।
अन्वेषण अन्र्तगत पेट्रोलियम जियोलोजिकल सर्भे, म्याग्नेट सर्भे, टेल्युरिक सर्भे, जिओकेमिकल सर्भे, स्याम्पलिङ सर्भे भन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको डा. त्रिपाठीको भनाई छ ।
उनका अनुसार दैलेखको पूर्वि भू–भागमा साइस्मिक सर्भेको काम सम्पन्न भएपछि चिनियाँ प्राविधिक टोलीले अहिले दुल्लु नगरपालिका ८ दुल्लु संग्रालय नजिकै क्याम्प राखेर पश्चिम क्षेत्रमा अन्वेषणको काम गर्दै आएको छ ।
दश वटै साइस्मिक लाइनमा सर्भे सम्पन्न भएपछि चिनियाँ प्राविधिक टोली चीन फर्कने छ । यहाँ संकलन गरिएका डाटाको तीन महिनासम्म अध्ययन गरी फर्केपछि चार किलोमिटर गहिराइ सम्म मुख्य ड्रिलिङको काम गर्ने डा. त्रिपाठीले बताए ।
अहिले चिनियाँ प्राविधिक टोलीले दैलेखका भैरवी, भगवतिमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा विन्द्रासैनी नगपालिकाका केही भू–भागलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गर्दै आएको छ ।
भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएका वेला प्रधानमन्त्री भएका केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो । उक्त सहमति अनुसार नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो । सम्झौतामा चीन सरकारले पेट्रोलिम पदार्थ अन्वेषणका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *